बारा  नेपालको  मध्यमाञ्चल विकास क्षेत्रनारायणी अञ्चलको दक्षिणी तराई क्षेत्रमा अवस्थित जिल्ला हो | यस जिल्लाको पूर्वमा रौतहट, पश्चिममा पर्सा, उत्तरमा मकवानपुर र दक्षीणमा भारतको बिहार राज्य पर्छ । बारा जिल्लाको सदरमुकाम कलैया हो । बारामा प्रसिद्ध गडीमाईको मन्दिर छ, जुन कलैयादेखि करिब ७ किलोमिटर पूर्वतिर पर्छ ।


जिल्लाको नामाकरण
यस जिल्लाको उत्तर पूर्वी भागमा कुनै जमानामा गढी गौडा (बारा गढीमाई) र गोश्वाराको रुपमा रहेको बारागढी भन्ने स्थानको नामबाट यस जिल्लाको नाम बारा रहन गएको हो भन्ने भनाई छ ।

ऐतिहसिक पृष्ठभुमि
नेपालको इतिहासमा घटेका खासगरी दुई महत्वपूर्ण घटनाहरूको साथमा बारा जिल्लाको नाम जोडिएर आउने गरेको पाइन्छ ।
§  (१) मल्लकालिन डोयराज्यको राजधानी सिम्रौनगढ बारा जिल्लामा पर्दछ ।
§  (२) निरंकुश जहाँनिया राणशासनका सुत्रधार जंगबहादुर राणा बाराको पत्थरहट्टीमा बाघको शिकार खेल्न आउँदा षडयन्त्रवश मारिएका थिए । यहाँ राणाकालीन प्रसिद्ध दरबारहरू रहेका छन । जस मध्ये कवहीगोठको सुवर्ण शमसेर ज‍बराको दरबार,कलैया स्थित दिप बिक्रम शाहको दरबार,भिस्वाको दरबार,आदि रहेका छन्। यस जिल्लामा विभिन्न ठूला-ठूला मन्दिरहरू रहेका छन ।

भौगोलिक अवस्थिति
§  अक्षांश: २६.५१" देखि २७.२" उत्तरसम्म
§  देशान्तर: ८४.५१" देखि ८५.१६" पूर्वसम्म
§  सिमाना: पूर्व रौतहट जिल्ला, पश्चिम पर्सा, उत्तर मकवानपुर जिल्ला, दक्षिण: भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्ला
§  सबभन्दा अग्लोस्थान: समुद्र सतहबाट ९१५ मिटर
§  सबभन्दा होचोस्थान : समुद्र सतहबाट १५२ मिटर
§  क्षेत्रफल: १,१९० वर्ग किलोमिटर (१२९५६३ हेक्टर)
§  हावापानी: उष्ण

भौगोलिक बनौट
भौगोलिक बनौटको हिसाबले बारा जिल्लालाई दुई भागमा विभाजन गरिएको छ । ती हुन:-

शिवालिक क्षेत्र चुरे पहाड
समुद्र सतहबाट ११२ मिटरदेखि ९२० मिटरसम्मको उचाईमा पर्ने यो क्षेत्रले जिल्लाको कुल भू-भागको १७४६० हे १३.४८% जमिन ओगटेको छ । जसमध्ये ८.३२% जमिन मात्र खेतीयोग्य छ । ०.५५% चौरचरन र ५.७६% अन्य भू-भाग छ भने यस क्षेत्रको अरु बाँकी ८५.३७ भू-भागमा जङ्गल रहेको छ । यस प्रदेशमा बारा जिल्लाको उत्तरतर्फका अमलेखगंजरतनपुरीनिजगढ  भरतगंज सिङगोल गरी चारवटा गाविसहरूको केही उत्तरी भू-खण्ड पर्दछ ।

तराई क्षेत्र
समुद्र सतहबाट ६० मिटरदेखि २०० मिटरसम्मको उचाईमा पर्ने यस क्षेत्रले बारा जिल्लाको कुल भू-भागको ११२१०३ हेक्टर (८६.५२%) जमिन ओगटेको छ । जसमध्ये ६१.११% जमिन खेतीयोग्य छ । २.५४% चौरचरन र २.७५% अन्य भू-भाग रहेको यस क्षेत्रको अरु बाँकी ३३.५९% भू-भागमा मात्र जङ्गल रहेको छ । यस प्रदेशमा बारा जिल्लाका ९८ वटा गाविस तथा नगरपालिका पर्दछन ।

प्रमुख नदी खोला तथा तालहरू
§  प्रमुख नदीहरू: अणुवा(अरुवा), लालवकैया, पसाहा, जमुनी, तीयर, दुधौरा, बंगरी, थल्ही ।
§  साना खोलाहरू:- काट खोला, टेन्ग्रहर, सिर्सींया, भुटिया नाला, कोरिया नाला, सिलपैत नाला, बिजौरी खोला, सिंगहा नाला, भेडाहा नाला, भुतहिखोला ।
§  प्रमुख तालहरू:- हलखोरिया दह, झरोखर पोखरी, शिव सरोवर, ईटाहि पोखरी,कवहीपोखरी, सन्तगजपोखरी देवापुर पोखरी ।

मुख्य बजारहरू
सिमरौनगढ, पिप्राढी, वरियारपुर, कलैया, प्रसौनी, परवानीपुर, जीतपुर, सिमरा, अमलेखगंज, निजगढ, कोल्भी, कवहीगोठ, रतनपुरी आदि ।