नेपाल राज्यको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने जनकपुर अञ्चलको एक हिमाली जिल्लाको रुपमा परिचित दोलखाले प्राचीनकालदेखि नै आफ्नो छुट्टै आर्थिक, सामाजिक, धार्मिक र राजनैतिक पहिचान कायम राख्दै आएको पाइन्छ । "दोलखाको इतिहास नलेखिकन नेपालको इतिहास लेखन पुरा हुँदैन" भन्ने इतिहास शिरोमणि स्व. श्री बाबुराम आचार्यको कथन रहेको छ । दोलखालाई पहिला अभयपुरको नामबाट चिनिन्थ्यो ।


दोलखा प्रदेश अन्तर्गत रहेको विगु हुदै कुती, खासा हुदै भोट जाने बाटो, लामाबगर, रचि (लप्चि) भई भोट जाने बाटो मल्लकालको उत्तरार्द्धसम्म पनि कायम भएको हुनाले लिच्छविकालको उत्तरार्द्धमा नै दोलखा भई भोट जाने बाटो खुलेको अनुमान हुन्छ भनी धनबज्र बज्राचार्य र टेक बहादुर श्रेष्ठद्वारा लिखित दोलखाको ऐतिहासिक रुप रेखामा उल्लेख गरेको देखिन्छ । त्यस समयदेखि नै तामाकोशीको किनारै किनार भएर भोटसंग व्यापार मार्ग खुलेकोले व्यापार गर्न आउंदा जाँदा हालको दोलखामा कुनै डर त्रास नभई सुरक्षित स्थान भएकोले नै उक्त स्थानलाई पहिला अभयपुर भनेर चिनिन्थ्यो भन्ने भनाइ रहेको छ भने कसैको भनाइ अनुसार दोलखा राज्यको शासन व्यवस्थामा सात सुरक्षा घेरा भएको कारणले नै दोलखालाई अभयपुर महापतन भनिन्थ्यो भन्ने रहेको छ ।
दोलखाको नामाकरण सम्बन्धमा विभिन्न किम्बदन्तीहरु पाइन्छन् । कुनै समयमा एउटा योगी मुसलमानको आक्रमणबाट भागी गौरीशंकर हिमालको एउटा गुफामा गई तपस्या गर्दा शिवजी प्रसन्न भई बरदान दिएकोले योगी खुसीले गदगद भई अब म एक पटक सवैतिर घुमेर आउछु भनी हिड्दा जति घुमे पनि उही ठाउँमा आइपुग्दो रहेछ । यसरी २ लाख पटक घुम्न निस्कंदा पनि पुन त्यहि स्थानमा आइपुग्दा योगी थकित भएर आफ्नै आश्रममा फर्केछन् । यसरी २ लाखपटक घुम्दा पनि त्यहि स्थानमा आएकोले सो स्थानलाई दो + लाख बाट अपभ्रस हुँदै दोलखा (हिन्दीमा दो भनेको दुई र लख भनेको लाख) नामाकरण भएको भन्ने भनाइ रहेको पाइन्छ ।
त्यस्तै अर्को भनाइ अनुसार तिब्बती भाषामा दोको अर्थ ढुङ्गा को अर्थ मन्दिर र खाको अर्थ घर भएकोले दोलखामा प्रसस्त मात्रामा ढुङ्गा माटोबाट बनाइएको मन्दिर र घरहरु रहेको हुनाले यसलाई दोलखा नामाकरण गरिएको हो ।
दोलखाको नामाकरणमा जे जस्ता किम्बदन्ती रहे तापनि यसलाई ज्यादै पुरानो नगरको रुपमा चिन्न सकिन्छ । जब केन्द्रमा किराँतहरुको शासन चल्यो त्यसबेलादेखि नै किराँतहरु दोलखामा उपनिवेश कायम गर्न आई हालको किराँतीछापमा बसेको र पछि १४ औं शताब्दीमा भारतका मुगल सम्राट समसुद्धिनको आक्रमणबाट उक्त बस्ती ध्वस्त भई हालको दोलखा वस्ती बसेको हुन सक्ने अनुमान गरिएको छ ।
यस जिल्लाका आदीवासीहरुमा नागवंशीहरु रहेको अनुमान गरिएको छ । जब नेपाल र भोट वीचको व्यापारको लागि लामाबगर हुँदै तिब्बत जाने व्यापारी मार्ग खुल्यो, त्यसबेलादेखि नै भक्तपुरबाट नेवारहरु दोलखामा आई व्यापार गर्न थालेको अनुमान गर्न सकिन्छ । वि.सं.को १६ औं शताब्दीको उत्तरार्द्धदेखि १७ औं शताब्दीको उत्तरार्द्धसम्म करिव १ शताब्दी जति दोलखा एक स्वतन्त्र राज्यको रुपमा रहेको कुरा इतिहासले प्रष्ट पारेको छ । केन्द्रमा यक्ष मल्लले राज्य गरे तापनि दोलखामा कीर्तिसिंह सामन्ती शासकको रुपमा थिए र उनको मृत्यु पछि उनका १४ वर्षीय छोरा उद्धवदेव दोलखाका राजा भए । त्यस बेला उद्धवदेवले आफ्नो नामको अगाडि "दोलखाधिपति" लेख्ने गरेका थिए । जसबाट पनि दोलखा स्वतन्त्र राज्यको रुपमा स्थापित थियो भन्ने पुष्टि हुन्छ । त्यसै गरी स्वतन्त्र रुपमा रहेको दोलखा राज्यमा उद्धवदेव, नन्ददेव, उजोतदेव, गोबिन्ददेव, इन्द्रसिंहदेव, जयनारायणदेव, जितदेव, रुपनारायणदेव आदिले राज्य गरेका थिए । एक शताब्दीजति स्वतन्त्र राज्यको रुपमा रहको दोलखालाई कान्तिपुरका राजा शिवसिंहले वि.सं. १६५५ मा भिष्मदेवलाई युद्धमा पराष्त गरी ठकुराईमा राज प्रशासन चलाए ।
दोलखा राज्यको मध्यकालीन सीमानामा पूर्वमा दूधकोशी, पश्चिममा दोलालघाट, उत्तरमा तिब्बतको सीमाना र दक्षिणमा तिरहुत राज्यको सीमाना रहेको कुरा इतिहासबाट जान्न सकिन्छ । दोलखाको राज्य व्यवस्था कहिले स्वतन्त्र त कहिले अधिनस्थ भई चलिरहेको थियो । त्यसै समयमा गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरणको अभियान शुरु गरेका थिए । त्यसबाट दोलखा पनि अलग रहन सकेन । पहिला दोलखा भक्तपुरका राजा रणजीत मल्लको रेखदेखमा छोडेको र वि.सं. १८११ मा दोलखाली देशावर प्रधानहरुलाई "नालादुम पूर्व मेरो अम्बल भयो, तिमी प्रजापात्र हौ, मेरो हजुरमा आउ, तिम्रो रक्षा गरुलाँ" भनेर पत्र पठाएपछि दोलखाका देशावर प्रधानहरुले सो कुरा मञ्जुर गरी विना संर्घष दोलखा बृहत नेपालको एक भागको रुपमा रहन गयो ।
आर्थिक रुपमा पनि छुट्टै पहिचान राख्ने दोलखाका राजा इन्द्रसिंहले नै नेपालमा चाँदीका स्वतन्त्र मोहर प्रचलनमा ल्याएका थिए । भन्न त महेन्द्र मल्लले सवै भन्दा पहिला चाँदीका सिक्का प्रचलनमा ल्याएका भन्ने गरिन्छ तर सो भन्दा पहिला नै इन्द्रसिंहले स्वतन्त्र मोहर प्रचलनमा ल्याएको कुरा अभिलेखहरुबाट पुष्टि हुन्छ । महेन्द्र मल्लले वि.सं. १६१७ देखि १६३१ सालको वीचमा आफ्नो सिक्का प्रचलनमा ल्याएको देखिन्छ भने इन्द्र सिंहदेवले वि.सं. १६०५ अगाडि नै सिक्का प्रचलनमा ल्याएको कुरा पुष्टि हुन आउँछ । अझसम्म पनि दोलखामा टक्सार घरको नामले सिक्का काट्ने घर देख्न सकिन्छ । यसरी सिक्का प्रचलनमा ल्याई व्यापार व्यवसायलाई अगाडि बढाइएको र खानीहरु संचालन समेत गरेको देखिन्छ ।
यसरी राजनैतिक, धार्मिक, आर्थिक तथा सामाजिक रुपमा छुट्टै पहिचान भएको दोलखा जिल्ला वर्तमान स्वरुप भने २०१८ सालमा भएको राजनैतिक विभाजनले कायम गरेको हो । त्यस भन्दा पहिले रामेछाप र दोलखाको एउटै प्रशासनिक इकाईबाट समेत काम कार्वाही हुने गरेको थियो ।

तथ्यांकीय परिचय
इलाका नं.
भौगोलिक क्षेत्र
गौरीशंकर, खारे, मार्वु, चंखु र सुरी
झ्याँकु, जुँगु, क्षेत्रपा, नाम्दु र काब्रे
जिरी, माली, श्यामा र ठूलो पातल
गैरीमुदी, मिर्गे, भिरकोट र झूले
हाँवा, च्यामा, मालु, शहरे र जफे
डाँडाखर्क, मेलुङ, भेडपु, घ्याङसुकाठोकर र पवटी
फस्कु, मागापौवा, शैलुङ्केश्वर, काटाकुटी, ताम्चेत र भूषाफेदा
लाँकुरीडाँडा, बोच र भिनपाका वडा १ र ५-१३ सम्म
सुष्पाक्षमावती, शुन्द्रावती, सुनखानी र भीनपाका वडा २, ३ र ४
१०
लापीलाङ, लामीडाँडा, वावरे, खोपाचागु, आलम्पु र कालिञ्चोक
११
विगु, चिलंखा, लादुक, बुलुङ, ओराङ र लामावगर

दोलखा जिल्लाको वस्तुगत विवरण

दोलखा नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलको एक हिमाली जिल्ला हो । प्राकृतिक स्रोतले भरिपूर्ण यस जिल्लाको उत्तरी क्षेत्रको सीमाना चीनको स्वशासित क्षेत्र तिव्वतसंग जोडिएको छ । धार्मिक, ऐतिहाँसिक, साँस्कृतिक, जातजाति एवम् विविधताले भरिएको दोलखा जिल्ला जलसम्पदाको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । नेपालको राजधानी काठमाण्डौबाट १३२ कि.मि. दूरीमा रहेको यो जिल्ला आन्तरिक एवम् वाह्य पर्यटकको गन्तव्य स्थान भइरहेको छ । यस जिल्लाको न्यूनतम् उचाई समुद्री सतहबाट ७३२ मिटर ( सितली ) तथा अधिकतम् उचाई ७१४८मिटर ( गौरीशंकर ) रहेको छ । जिल्लाको सदरमुकाम चरिकोट १९७० मिटर उचाईमा रहेको छ । 

१) सीमाना
 उत्तरमा –   चीनको स्वसासित क्षेत्र तीब्वत । दक्षिणमा  रामेछाप र काभ्रेपलाञ्चोक । पूर्वमा –   रामेछाप र सोलुखुम्बु । पश्चिममा सिन्धुपाल्चोक ।

२) भौगोलिक उपस्थिति  
अक्षांस २७ डिग्रि २८ मिनेट उत्तरी अक्षांसदेखि २८ डिग्रि ० मिनेट उत्तरी अक्षांससम्म । देशान्तर ८५ डिग्रि ५० मिनेट पूर्वी देशान्तरदेखि ८६ डिग्रि ३२ मिनेट पूर्वी देशान्तरसम्म ।     क्षेत्रफल  ,१४,२८७ हेक्टर ( २१९१ वर्ग कि.मि. )  जिल्लाको सवैभन्दा उच्च स्थान  गौरीशंकर हिमाल ( ७,१४८ मीटर ) जिल्लाको सवैभन्दा होचो स्थान  मेलुङ गा.वि.स.को सितली ( ७३२ मीटर )

३) प्रशासनिक विभाजन  
गा.वि.स .  ५१  नगरपालिका    इलाका  ११  संसदीय क्षेत्र    सदरमुकाम  चरिकोट

 ४) हावापानी :
वार्षिक औसत तापक्रम    ८ डिग्रि देखि १९ डिग्रि सेल्सियस ।  वार्षिक औसत वर्षा  २०४३.५ मि.मि. ।

५) भौगोलिक बनावट :
उच्च हिमाल  ७५००० हेक्टर ( ३५ प्रतिशत ) उच्च पहाड  ८५,७१४. हेक्टर ( ४० प्रतिशत )    मध्य पहाड  ५३,५७३. हेक्टर ( २५ प्रतिशत )

६) भू उपयोगको अबस्था :
कृषि क्षेत्र  ५६६८३ हेक्टर (२५.५३ प्रतिशत ) कृषियोग्य जमिन क्षेत्र    २६.४५ प्रतिशत वन क्षेत्र  ,०१,५०० हेक्टर (४७.३७ प्रतिशत)सामुदायिक वन उ.स.  ३४५ वटा कवुलियत वन समुह १४८ वटा चरन क्षेत्र  २९,५००. हेक्टर (१३.७७ प्रतिशत  )  हिउले ढाकेको क्षेत्र  ,६६५ हेक्टर (२.६४ प्रतिशत )  पर्ति जग्गा  १३,,४०. हेक्टर (६.४१ प्रतिशत ) पानीले ढाकेको क्षेत्र  ,०६८ हेक्टर (३.३० प्रतिशत) अन्य  १३१. हेक्टर (०.०६ प्रतिशत)

७) जनसंख्या विवरण ( गा.वि.स. पाश्र्वचित्र, २०६६ 
महिला  ,२२,२९८ पुरुष  ,२१,९७१ घरधुरी  ४६,३७६  ( १५ देखि ५९ वर्षका  ,१९,६५४ औसत परिवार संख्या  ५.४३  जनसंख्या बृद्धिदर १.८० प्रतिशत औसत आयू ६१ वर्ष

 ८) व्यक्तिगत घटना दर्ता विवरण :
 २०६७ चैत्र मसान्त सम्म जन्म  ,८८५  मृत्यु  ७९०  विवाह  ,०८५  वसाइसराई  २६५

 ९) सामाजिक सुरक्षा कार्यक्रम :
२०६७ चैत्र मसान्त सम्म जेष्ठ नागरिक  १० ८४५ एकल महिला  २६७४ पूर्ण अपाङ्ग भएका  ९४ आंशिक अपाङ्ग भएका  ७५ लोपोन्मूख १७७ दलित वालवालिका  २१०४

१०) शैक्षिक अबस्था :
  क) सामुदायिक विद्यालय :  माध्यमिक विद्यालय  ४२  निम्न माध्यमिक विद्यालय  ८४ प्राथमिक विद्यालय  २३९  वाल विकास केन्द्र २५०  गुम्वा    ख) संस्थागत विद्यालय  माध्यमिक विद्यालय    निम्न माध्यमिक विद्यालय   प्राथमिक विद्यालय  १५  ग)सामुदायिक उच्च मा.वि.  ३५    संस्थागत उच्च मा.वि.    घ) पब्लिक क्याम्पस      निजी क्याम्पस  

 ११) शिक्षक संख्या : ( आ.व. २०६७/६८ सम्म)
)माध्यमिक तहमा :  स्वीकृत दरबन्दीमा  १६१  राहत दरबन्दीमा  ११३  ख) निम्न माध्यमिक तहमा :  स्वीकृत दरबन्दीमा  १४६  राहत दरबन्दीमा  १५२  ग) प्राथमिक तहमा ः  स्वीकृत दरबन्दीमा  ९९३  राहत दरबन्दीमा  २३३ 
   
 १२) विद्यार्थी संख्या : ( आ.व. २०६७/६८ सम्म)
कक्षा १ देखि कक्षा ५ सम्म छात्र    २१,१९१  छात्रा    २३,०८७  जम्मा  ४४,२७८  कक्षा ६ देखि कक्षा ८  सम्म छात्र  ,३३६  छात्रा    ,७७६ जम्मा  १७,११२  कक्षा ९ देखि कक्षा १० सम्म छात्र    ,०३३   छात्रा    ,०१०  जम्मा  ,०४३

 १३) दलित विद्यार्थी संख्या :
प्राथमिक तह  १०१०  नि.मा.वि. तह  १८१६. माध्यमिक तह  ६८५. उच्च माध्यमिक तह  २१५

१४) जनजाति विद्यार्थी संख्या :
प्राथमिक तह  ४२०२.  नि.मा.वि. तह  १२१२. माध्यमिक तह  ३०६६. उच्च माध्यमिक तह  २०९.

१५) संस्थागत विधालयमा दलित विद्यार्थी संख्या :
प्राथमिक तह  १२०.  नि.मा.वि. तह  १७. माध्यमिक तह  ११.

१६) संस्थागत विद्यालयमा जनजाति विद्यार्थी संख्या :
प्राथमिक तह  ८९७.  नि.मा.वि. तह  २४७. माध्यमिक तह  १०३

१७) साक्षरता :
  साक्षरता   ५५.३७ प्रतिशत महिला साक्षरता  ४२ प्रतिशत पुरुष साक्षरता  ६९ प्रतिशत

१८) प्रथामिक तहमा कुल विद्यार्थी भर्ना दर विवरण :

छात्रा छात्र जम्मा१६०.५ १५०.१ १५५.२ प्राथमिक तहमा तालिम प्राप्त शिक्षक  :  ९० प्रतिशत प्राथमिक तहमा विद्यार्थी र शिक्षकको अनुपात : ३९.२
१९) स्वास्थ्य अबस्था :
जिल्ला अस्पताल   प्राथमिक स्वास्थ्य केन्द्र    स्वास्थ्य चौकी    उप स्वास्थ्य चौकी  ४३  गाँउघर  क्लिनिक  १४८  खोप क्लिनिक १६५  निजी अस्पताल    जिल्ला आयुर्वेद अस्पताल    इलाका आयुर्वेद    २४ घण्टे सुत्केरी सेवा केन्द्र  १५ वटा ।  परिवार नियोजनको साधन प्रयोग गर्ने  ४० प्रतिशत । प्रजनन् दर  ४.३८ प्रतिशत ।  कोरा जन्म दर  १०.१ प्रतिहजार । बाल मृत्युदर  ६६ प्रतिहजार ।  शिशु मृत्युदर  ४८.५ प्रतिहजार । मातृ मृत्युदर  ३५० प्रतिलाख ।सफा पानी पिउने   ८३ प्रतिशतशौचालय प्रयोग गर्ने  ४० प्रतिशत
२०) संचार सेवा :
जिल्ला हुुलाक    इलाका हुुलाक  १०  अतिरिक्त हुलाक संख्या  ४३  टेलिफोन लाइन  ,०००. क्षमता।  टेलिफोन लाइन  ९१८ वितरणसाप्ताहिक पत्रिका७ ( नियमित प्रकाशन हुने नवतरङ्घ साप्ताहिक, कालिञ्चोक सन्देश र शैलुङको सुर्य)मासिक पत्रिका  ५पाक्षिक पत्रिका  २त्रैमासिक पत्रिका  २सामुदायिक रेडियो  

२१) विद्युत :
५ किलो वाट भन्दा मुनिको साना जलविद्युत आयोजना  १४१० किलो वाट देखि १०० किलो वाट सम्मको साना जलविद्युत आयोजना  २३   ( उर्जा शाखा र वैकल्पिक उर्जा केन्द्रले निर्माण गरेको ) विद्युत सेवा पुगेका गाविसहरु ३१
२२) जिल्ला प्रशासनमा दर्ता भएका गैर सरकारी संस्था– ७५७ हाल सम्म नविकरण भएका गैर सरकारी संस्था– १३५
२३) सहकारी संस्था – ३९९
२४) जलधार क्षेत्र – 
२५) उप जलधारक्षेत्रहरु – ४० 
२६) उद्योगको अवस्थानिजी फर्म –३९९ ,साझेदारी फर्म – ८० संचालित उधोगहरु – २५
२७) प्रहरी एकाईहरुको विवरण निम्नानुसार छप्रहरी ईकाइ संख्या जिल्ला प्रहरी कार्यालय –  
२८) ईलाका प्रहरी कार्यालय –   ४सीमा प्रहरी चौकि   –   का. शु. गार्ड     –   प्रहरी चौकि     –   २२ अ. प्र. पोष्ट     –  
२८) दोलखा जिल्लाका प्राकृतिक मनोरम स्थानहरु
गौरीशंकर हिमाल, चरिकोट, जिरी, शैलुङ, लप्ची, बेदिङ, हनुमन्ते, च्छोरोल्पा ताल, रोल्वालिङ उपत्यका,आहालडाडा (खरिढुङ्ग) चेर्दुङ, विगु गुम्वा, कुरी उपत्यका इत्यादि । 
२९) दोलखा जिल्लाका धार्मिक स्थानहरुकालिञ्चोक भगवती मन्दिर, भिमेश्वर मन्दिर, शैलुङ्गेश्वर पर्वत विगु ( टासि गुम्वा), गाइखुरा महादेव( सुकाठोकर), महाङकाल मन्दिर( भि न पा ९), चर्नावती( त्रिवेणी) धाम इत्यादि ।  

३०) मुख्य व्यपारिक केन्द्र 
   चरिकोट, जिरी, दोलखा, सिंगटी, मैनापोखरी,  तामाकोशी नयाँपुल, बाघखोर देउराली र किर्ने ।