सिन्धुली जिल्ला २६०५५देखि २७०२२उत्तरी अक्षांश देखि ५०१५देखि ६०२५पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मिरहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ ।

यस जिल्लामा उष्णउपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसोअदुवाबेसारभुइँकटहर,जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।

प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ ।

२०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कूल जनसंख्या २,७७,२५९ मा पुरुषको संख्या १,३८,०३७ जना र महिला १,३९,२२२ जना रहेको छ । यस जिल्लामा तामाङ्ग जातिको वाहुल्यता रहेको छ । यिनीहरुको संख्या जिल्लामा ७०,९६८ रहेको छ । हायू र थामी जस्ता लोपोन्मुख अल्पसंख्यक जातिहरु पनि यस जिल्लामा बसोबास गर्दै आइरहेका छन् ।

प्रमुख भौतिक सुविधाहरुमा बर्दिबास-सिन्धुली-बनेपा सडक खण्ड अर्न्तर्गत सिन्धुलीमाढीदेखि खुर्कोट खण्डसम्मको निर्माण कार्य पूरा भैसकेको करिब ३६ कि.मिकालोपत्रे सडकतर्राईको बजार बर्दिबासलाई जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट जोडने बाह्रैमास चल्ने ३७ कि.मिमध्ये २५ कि.मिकालोपत्रे र बाँकी ग्राभेल सडक र करिव ११०० लाइनको टेलिफोन१००० थान सि.डि.एम.र ५००० मोवाइल सेवाको रहेको छ । यसका अतिरिक्त विभिन्न मौसमी सडकहरुजिल्ला अस्पतालकलेज सुविधाबजार केन्द्रहरु पनि जिल्लाको सामाजिक आर्थिक विकासमा योगदान पुर्याउने भौतिक पक्षहरु हुन् ।

मानवीय जीवन यापनका विविध पक्षहरुमा सुदृढ गर्नका लागि जिल्लामा कार्यरत सरकारी कार्यालयहरु भन्दा वाहेक अन्य संघ/संस्थाहरु जिल्लाको आर्थिकसामाजिक विकासमा कार्यरत रहेका छन् । यी संघ/संस्थाका सहयोगका अतिरिक्त पनि जिल्लाको विविध संस्कार,भौगोलिक विकटतागरिवी जस्ता अवयवहरुले गर्दा गरिबीलैङ्गकि विभेदबाल मृत्युदरकुपोषण जस्ता समस्याहरु उल्लेख्य मात्रामा घटन सकेको छैन ।

जिल्लामा निर्माणधिन अवस्थामा रहेको बर्दिबास-सिन्धुलीमाढी-बनेपा सडक र अन्य निकायहरुबाट सडक तथा अन्य आवश्यक पूर्वाधारहरुको क्रमिक निर्माणले जिल्लाले विशिष्टिकरण प्राप्त गरेको क्षेत्रहरु जस्तै दुधजन्य पदार्थहरुफलफूलजडिबुटी जस्ता श्रोतबाट जिल्लामा व्याप्त गरिबीको अवस्थामा सुधार आउने स्थिति अवश्य रहने छ ।

तथ्याङ्किय जानकारी
२०५८ सालको प्रतिवेदन अनुसार यस जिल्लामा २,७७,२५९ जनसंख्या भएको पाईन्छ । जसमा स्त्रीहरु १,३९,२२२ र पुरुषहरु १,३८,०३७ को संख्यामा छन् । यस जिल्लामा भएका १३२३ बस्तीहरुमा ४८७५८ घरहरु छन्। यस जिल्लाको जनघनत्व सरदर ११२ प्रति वर्ग कि.मि. छ । यस जिल्लाको कमला र मरिनखोलाका छेउछाउका भागमा आदिवासी राई, दनुवार र माझीका व्यापक बस्तीहरु छन् भने डाँडीगुरासे गा.वि.स. को गुराँसे डाडामा नेपालकै दुर्लभ जाती हायूहरु बस्दछन् । यस जिल्लामा तामाङहरुको संख्या २०५८ सालको जनसंख्या प्रक्षेपणअनुसार ६८९८२ रहेको पाईन्छ ।
यस जिल्लामा ७४ प्रकारका जात जातिहरु पाइन्छ । जातीय विविधताको स्वरुप भाषा र धर्ममा पनि विविधता पाईन्छ । धर्ममा पनि विविधता पाईन्छ । धर्ममा हिन्दु धर्म मान्नेहरु ७५% बौद्द धर्म मान्नेहरु २३% र अन्य धर्म मान्नेहरु २% यस जिल्लामा छन् ।
यस जिल्लामा पूर्व प्राथमिकता १०, प्राथमिकता विद्यालय ४३५, नि.मा.वि १२०, मा.वि. ६७, प्राविधिक विद्यालय १, उच्च माध्यामिक विद्यालय ११ वटा रहेका छन्।यस जिल्लाको सरदर साक्षरता ३९.२८% रहेकोमा पुरुषको साक्षरता ५२।५३% र महिलाको २६।०४% रहेको छ ।

महत्वपुर्ण फोन नंम्बरहरु
क्र. स.
नाम
फोन नंम्बरहरु
जि.वि.स., सिन्धुली
०४७-५२०१४४, ५२०१४९, ५२०५४९, ५२०५४४
जिल्ला प्रशासन कार्यालय, सिन्घुली
०४७-५२०१३३, ५२०५३३
जिल्ला प्रहरी कार्यालय, सिन्घुली
०४७-५२०१९९, ५२०५९९
सिन्धुली जिल्ला अस्पताल, सिन्धुली
०४७-५२०१४५, ५२०१८८