र्सलाही जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा अवस्थित अत्यधिक जनघनत्व भएको जिल्ला हो । यस जिल्लाको पूर्वमा बाँके तथा हर्दी नदी पश्चिममा बागमती नदी सिमा नदीको रुपमा बगेका छन ।
जिल्लाको नामाकरण
यस जिल्लाको नामाकरणबारे सत्यतथ्य प्रमाण नभेटिए पनि प्राचीन इतिहासलाई खोजी गर्दा यस जिल्लाको हेमपुर गाँउ विकास समितिमा सर्लाही देवीको मन्दिरको नामबाट जिल्लाको नाम रहन गएको भन्ने अनुमान छ | रातको समयमा यदि कोही मानिस बत्ती बोकी ती देवीको मन्दिरमा गएमा उसको मृत्यु हुन्छ भन्ने जनविश्वासले गर्दा आज पनि बत्ती लिएर राती त्यहाँ कोही पनि पुग्दैनन | यिनै देवीको नामवाट पहिले यस ईलाकाको पछि यस जिल्लाको नाम हुन गएको हो स्थानीय बासिन्दाहरूको धारणा रहेको पाइन्छ | सर्लाही देवीको मन्दिर वरीपरी अझै पनि बस्ती बसेको छैन |
भौगोलिक अवस्था
§ अक्षांस: २६.४५" उत्तर देखि २७.१०" उत्तर अक्षास
§ देशान्तर: ८५.२०" पूर्व देखि ८५.५०" पूर्व देशान्तर
§ सिमाना: पूर्व-महोत्तरी, पश्चिम-रौतहट, उत्तर-सिन्धुली तथा दक्षिण-भारतको बिहार राज्यको सितामढी जिल्ला
§ क्षेत्रफल: १,२५९ वर्ग किलेामिटर
§ औसत लम्बाई: ३२ किलेामिटर(उत्तर-दक्षिण)
§ औसत चौडाई: ४० किलेामिटर(पूर्व-पश्चिम)
§ सबभन्दा होचोस्थान: समुन्द्री सतहबाट ६० मिटर
§ सबभन्दा अग्लोस्थान:समुन्द्री सतहबाट ६५९ मिटर
भैागेालिक हिसाबले यस जिल्लालाई उत्तरतर्फ रहेको चुरे पर्वत बीचमा रहेको भावर दक्षीणमा रहेको तराइको समथर मैदान ओगट्ने गरी गरी ३ भागमा बाँड्न सकिन्छ ।
प्रमुख नदी, ताल-तलैया
यस जिल्लामा बग्ने मुख्य नदीहरू बागमती, लखनदेइ, झिम, हुन्। बागमती नदी बाहेक अन्य नदीहरू उत्तरको चुरे डाँडावाट शुरु भई क्रमश: बग्दै दक्षीणतिर भारत पस्दछन । लखनदेइको सहायक नदीहरूमा नारायण, मदा, बामन्ती, दाईने, अत्रौली, चापिनी, कोटी, घुमी छन । त्यस्तै झिम नदीको प्रारम्भ भैवपुर दोभानमा फुलजोर कालिन्जोर खोलाको मिलनवाट भएको हो । यसबाहेक अन्य सानातिना नदीहरूमा मनुस्मारा, हरिवन, सोतारा, ढङ्ग्रा, भुमी, आदि पर्दछन्। यस जिल्लामा प्राकृतिक तालकोरुपमा एक मात्र नाढीमन तालका साथै माछापालन सिंचाई तथा स्नानकार्यका लागि थुप्रै पोखरीहरू छन ।
ब्यापारिक महत्वका स्थानहरू
यस जिल्लाका ब्यापारिक महत्वका प्रमुख स्थानहरूमा सदमुकाम मलङवा नगपालिका लगायत बरहथवा, लालबन्दी, नवलपुर गोडैता, हरिवन ईश्वपु आदि छन्।


Posted in: 






