१. पृष्ठभूमिः नेपालको इतिहासमा नागरिक संघ संगठन र गैरसरकारी संघसंस्थाहरुको सुरुवात र विकास भएको धेरै भएको छैन । वि.सं.२०४६ सालमा सम्पन्न जनआन्दोलन र राजनीतिक परिवर्तनपछि समुदायमा आधारित संघ संस्थाहरु गैरसरकारी संघ संस्थाहरु र अरु स्वतन्त्र नागरिक संघ संगठनहरु स्थापना हुने अवसरको सृजना भयो । यसबाट नेपालको विकास प्रकृयामा ती संघ संगठनहरुको भूमिका स्थापित हुन पुग्यो । स्वतन्त्र राजनीतिक वातावरणका कारण ती संघ संगठनहरु विपन्न र पाखा पारिएका समुदायहरुलाई सशक्तिकरण गर्नेदेखि उनीहरुलाई आधारभूत सेवा फउनेसम्मका विभिन्न विकास कार्यक्रमहरुमा सरिक रहन थाले । मानव अधिकारवादी संघ संस्थाहरुले मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था र जनताका अधिकारहरुको प्रवद्र्धनका लागि वकालत गर्न थाले । जनजाति-आदिवासी दलित महिला मधेसी विपन्न र पिछडिएका वर्ग र समुदायमा सशक्तिकरण र जागरण ल्याउने कार्यमा गैरसरकारी संघ संस्थाहरुको अहम् भूमिका रहन थाल्यो । वि.सं.२०६२-६३ को जनआन्दोलन र राजनीतिक परिवर्तनसँगै नागरिकसमाज र संघ संगठनहरुको भूमिका अरु महत्वपूर्ण बन्दै गएको छ । यही तथ्यलाई विचार गरी गैसस महासंघ नेपालले नागरिक संगठनहरुको स्रोतको आधार खडा गर्ने प्रभावकारी रुपमा संस्थागत विकास एवम् क्षमता अभिवृद्धि गर्ने र नागरिकका सवाल एवम् मुद्दाहरुमा जनवकालत गर्ने प्रमुख उद्देश्यले नेपालको ५ वटै विकास क्षेत्रमा १/१ वटा क्षेत्रीयस्रोत केन्द्र र केन्द्रीयस्तरमा १ वटा राष्ट्रिय स्रोत केन्द्र स्थापना गरी साचालनमा ल्याएको थियो । सोही क्रममा मध्यमाञ्चलको क्षेत्रीय स्रोतकेन्द्र हेटौँडामा सन् २००४ मा स्थापना भई साचालन भइरहेको छ । संचालनको हिसाबले क्षेत्रीय स्रोतकेन्द्र गैसस महासंघको संरचनाभित्र रहे पनि स्रोतकेन्द्रले विभिन्न नागरिक समाज संस्थाहरु अन्य महासंघहरु साजालहरु मानवअधिकार एवम् बुद्धिजीवीहरुसँग व्यापक समन्वय सहकार्य गरी जनसरोकारका सवालहरुमा वकालत गर्दै आएको छ । नागरिकको समस्या एवम् चासोको विषयमा नागरिक संगठनका प्रतिनिधिहरुले परार्मश गर्ने साझा थलोकोरुपमा स्रोतकेन्द्रले काम गर्दै आएकोले स्रोतकेन्द्रको कामको प्रकृति अनुसार यसलाई क्षेत्रीय नागरिक स्रोतकेन्द्र Civil Society Knowledge Center को रुपमा विकास गर्ने सोच अनुसार क्षेत्रीय स्रोतकेन्दलाई क्षेत्रीय नागरिक स्रोतकेन्द्र नामाकरण गरी यसको सेवा सुविधा विस्तार र भवन निर्माणका लागि यो अवधारणा पत्र तयार गरिएको छ । १.१. परिकल्पनाः आर्थिकरुपमा दिगो सामाजिकरुपमा समतामूलक र वातावरण-मैत्री राष्ट्र निर्माणकालागि गतिशील नागरिक समाज र गैरसरकारी संस्थाहरुको नागरिक अभियान मार्फत् प्रजातान्त्रिक र न्यायपूर्ण समाजको सृजना गर्नु नागरिक स्रोतकेन्द्रु को परिकल्पना हो । १.२. निर्देशक सिद्धान्तहरु
२. स्रोतकेन्द्रका उद्देश्यहरुः
३. स्रोतकेन्द्रले हालसम्म सम्पन्न गरी आएका कामहरुः
४. स्रोतकेन्द्र सञ्चालन विघि गैसस महासंघले तयार गरी लागू गरेको क्षेत्रीय नागरिक स्रोतकेन्द्र साचालन निर्देशिका अनुसार हालसम्म स्रोतकेन्द्र साचालन भइरहेको छ । गैसस महासंघ नेपाल मध्यमाञ्चलले क्षेत्रीय नागरिक स्रोतकेन्द्रका लागि स्रोत संकलन निर्माण र निर्माण पछि साचालनमा पनि अन्य नागरिक संगठनहरुको समेत सहभागिता गराई अघि बढ्ने सोच बनाएको छ । त्यसको लागि क्षेत्रीय नागरिक स्रोतकेन्द्र स्रोत व्यवस्थापन तथा निर्माण समिति गठन गरिसकिएको छ भने निर्माण सम्पन्न पश्चात् नागरिक समाज संगठनको प्रतिनिधिहरुको समेत् प्रतिनिधित्व रहेको संयन्त्र निर्माण गरी सञ्चालन गर्ने योजना रहेको छ । ५. स्रोतकेन्द्रको भावी योजना
६. नागरिक स्रोतकेन्द्र भवन निर्माण योजनाको औचित्यः स्रोत केन्द्रका लक्षित समूदायहरु गैससहरु विकासे कार्यकर्ता सरकारी निकाय निजी क्षेत्र नागरिक समाज पेसाकर्मी अनुसन्धानकर्ता महिला बालबालिका शैक्षिक संस्थाहरु विद्यार्थी मानव अधिकारवादी राजनीतिक व्यक्तित्व दातृ समुदायहरु र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु आदि सामु आफ्नो सेवा फउन प्रतिबद्ध छ । तर स्रोतकेन्दको आफ्नै स्थायी भवन नभएकोले सबै गतिविधिहरु नियमितरुपमा साचालन गर्न सकिरहेको अवस्था छैन । स्रोतकेन्द्र भाडाको भवनमा साचालन गर्नुपर्ने वाध्यताले खर्च अधिक हुने गरेको छ । सबै लाभग्राहीहरुलाई आफ्नो क्षमता अनुरुपको सेवा सुविधा पनि फउन सकिएको छैन । स्रोत केन्द्रको आफ्नै भवन भएमा यी समस्याहरुबाट मुक्त हुन सकिने छ । उल्लेखित समस्याहरु निराकरणका लागि स्रोतकेन्द्रको भवन निर्माण गर्न अपरिहार्य देखिएको छ । उक्त समस्याको अन्त्यको लागि महासंघले खरिद गरेको जग्गामा स्रोतकेन्द्रको सचिवालय पुस्तकालय सूचना तथा तथ्याङ्क संकलन एवम् सम्प्रेषण केन्द्र र आवासीय तालिम केन्द्रका लागि एक सुविधासम्पन्न भवन बनाउने योजना बनेको छ । ७. प्रस्तावित भवन निर्माण स्थल स्रोतकेन्द्रको भवन हेटौँडा न।पा।वडा नं २ वनस्खण्डी मन्दिर नजिक बनाउने लक्ष्य लिइएको छ । सो क्षेत्र हेटौँडाको एक पर्यटकीय र शान्तिपूर्ण पिकनिक स्थलको रुपमा विकास भइरहेको छ । स्थानीय वनस्खण्डी सामुदायिक वन उपभोक्ता समूहले सो क्षेत्रको वन वातावरणको संरक्षणमा योगदान फईरहेको छ । सो स्थलमा बन्ने स्रोत केन्द्रको भवन ३ तल्लाको बनाउने योजना रहेको छ । भुईं तलामा ६ वटा कोठा हुने छन् । सोधपूछ सूचना सेवा सचिवालय सेवा र भान्छा कोठाका लागि एक-एक कोठाको प्रयोग हुनेछ । र २ वटा कोठा पुस्तकालयका लागि प्रयोग गरिनेछ । पुस्तकालयको एउटा कोठा विशेषत बालबालिकाहरुका लागि उपयुक्त हुने गरी व्यवस्था गरिनेछ । पहिलो तलामा ७ वटा कोठाहरु हुनेछन् । ६ वटा कोठाहरु पूर्णरुपमा बसोबासका लागि प्रयोग गरिनेछ भने बाँकी रहेको कोठा सचिवालय सेवाका लागि प्रयोग गरिनेछ । दोस्रो तलामा एउटा ठूलो सेमिनार हलको व्यवस्था गरिनेछ र एउटा कोठा भण्डार कक्षको रुपमा प्रयोग गरिनेछ । भवन बलियो आधारको बनाइने छ र आवश्यकता र स्रोत साधनको उपलब्धता अनुसार तला र कोठाको निर्माण गर्दै स्रोत केन्द्रलाई एक सुविधासम्पन्न क्षेत्रीय नागरिक स्रोत केन्द्र Civil Society Knowledge Centre का रुपमा विकसित गरिनेछ । ९. कार्यान्वयन रणनीतिः भवन निर्माणका लागि स्रोत जुटाउने र निर्माण कामलाई अगाडि बढाउन एवम् अनुगमन गर्न गैसस महासंघ क्षेत्रीय समितिले महासंघका केन्द्रीय सदस्य इन्द्र नेपालको संयोजकत्वमा एक क्षेत्रीय नागरिक स्रोतकेन्द्र स्रोत व्यवस्थापन तथा निर्माण समितिको गठन गरेकॊ छ । समितिमा मकवानपुरका नागरिक समाजका प्रतिनिधिहरु र अन्य महासंघका प्रतिनिधिहरुलाई पनि समावेश गरिएको छ । समतिमा सबै क्षत्रीय सदस्यहरु र मध्यमााचल क्षेत्र अन्तर्गतका १९ वटै जिल्ला शाखाका अध्यक्षहरु पदेन सदस्य हुने व्यवस्था रहेको छ । सहयोगीहरुलाई प्रदान गरिने सम्मानहरुः
१०. भवन निर्माण एवम् स्रोतकेन्द्रको सेवा सुविधा विस्तार भएपछि अपेक्षा गरिएका प्रतिफलहरु
११. निश्कर्षः यस सूचनाको युगमा स्रोतकेन्द्रको विकास विस्तार एवम् दिगोपनाले सबै क्षेत्रलाई फाइदा पुर् याउँछ । सबैमा स्रोतकेन्द्र प्रति अपनत्वको भावना विकास एवम् सबै क्षेत्रबाट आवश्यक । |

Posted in: 






