गैसस महासंघ नेपालले ५ वटै विकासक्षेत्रमा स्थापना गरेको स्रोतकेन्द्रको लक्षित उद्देश्य प्राप्ति र दिगोपनाका लागि स्रोतकेन्द्र व्यवस्थित रुपले सञ्चालन, व्यवस्थापन र विस्तारका लागि गैसस महासंघ नेपालको सम्बन्धितक्षेत्रीय समितिले एक स्रोतकेन्द्र व्यवस्थापन समिति गठन गर्नेछ ।


यस क्षेत्रीय स्रोतकेन्द्र व्यवस्थापन समितिले दैनिक कार्य सञ्चालन गर्नुपर्ने साथै तत्काल गर्नुपर्ने कार्यहरु आफैले निर्णय गरेर गर्न सक्नेछ । नीतिगत तथा अन्य निर्णयहरुको हकमा क्षेत्रीय समितिको बैठकले अनुमोदन गरेपछि मात्र कार्यान्वयन गर्नुपर्नेछ । क्षेत्रीय स्रोतकेन्द्र व्यवस्थापन समितिको सबै बैठकका निर्णयहरु क्षेत्रीय समितिको बैठकमा अनिवार्य रुपमा अनुमोदन गराउनुपर्नेछ ।

क्षेत्रीय स्रोतकेन्द्र व्यवस्थापन समिति निम्न प्रावधानअनुसार गठन गर्नुपर्नेछ । यसको पदावधि क्षेत्रीय समितिको पदावधि रहेसम्म रहनेछ ।

क) क्षेत्रीय समितिबाट संयोजकसहित २ जना (१ जना महिला अनिवार्य)         
ख) क्षेत्रीय स्रोतकेन्द्र् रहेको जिल्ला शाखा अध्यक्ष पदेन १ जना              
ग) आवद्ध संस्थाबाट १ जना                       
घ) सम्बन्धित क्षेत्रका क्षेत्रीय स्रोतकेन्द्र इन्चार्ज सदस्य सचिव पदेन १ जना  

स्रोतकेन्द्र व्यवस्थापन समिति
१. रामचन्द्र न्यौपाने- संयोजक
२. आरती पाठक- सदस्य
३. बुद्धशरण लामा- सदस्य
४. रामजी न्यौपाने- सदस्य सचिव