धादिङ नेपालको मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चलमा अवस्थित मध्य पहाडी जिल्ला हो । उत्तर हिमालय पर्वतदेखि दक्षिणको महाभारत पर्वत श्रृङ्खलासम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ प्रसिध्द गणेश हिमालको काखमा अवस्थित छ । यस जिल्लाको विशेषता केलाउदै जाँदा राष्ट्र निर्माता पृथ्वीनारायण शाहसँग मैदीकोट, सल्यानकोट, कानाकोट जस्ता ठाउँहरूको प्रसँग जोडिएको पाइन्छ । त्यस्तै प्रसिद्ध राष्टवादी प्रधानमन्त्री भिमसेन थापाले निर्माण गरेको बगैँचा, पौवा, मन्दिरहरू भग्नावशेषको रूपमा भएपनि बुङकोटघाटमा अझैसम्म रहेको छ ।
जिल्लाको नामाकरण
स्थानीय आदिबासी चेपाङ (प्रजा)को भाषामा "धा" भनेको देवता र "दिङ" भनेको आगोको ज्वाला भन्ने हुन्छ । चेपाङहरू पहिलेदेखि नै यहाँ बसोवास गरेको र उनीहरूले पूजा गर्ने ज्वालामूखी देवीको मन्दिर पनि यस जिल्लामा रहेकोले चेपाङ भाषाबाटै नै यस जिल्लाको नाम "धादिङ" रहन गएको हो भन्ने जनश्रूतीले यहा जनसमर्थन पाएको छ ।
भौगोलिक अवस्थिति
§ अक्षांस: २७ डिग्री ४०' उत्तरदेखि २८ डिग्री १७'
§ देशान्तर: ८४ डिग्री ३५' पूर्वदेखि ८० डिग्री १७'
§ क्षेत्रफल: १,९२,४०९ वर्ग किलोमिटर (१९२४८४ हेक्टर)
§ सिमाना: पूर्व-काठमाडौं, नुवाकोट र रसुवा जिल्ला; पश्चिम-गोरखा जिल्ला; उत्तर-चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिण-मकवानपुर र चितवन जिल्ला
§ सबभन्दा अग्लोस्थान: पाविल हिमाल (७,११० मिटर)
§ सबभन्दा होचोस्थान: जोगीमारा (३०० मिटर)
§ सदरमुकाम: धादिङबेंसी (६४० मिटर)
पहाडी भू-भागमा अवस्थित धादिङ जिल्लाले दक्षिणमा महाभारत पर्वत श्रृङ्खलालाई छोएको छ भने उत्तरमा तिब्बतलाई छोएको छ । उत्तरबाट दक्षिणतिर फुकेको अवस्थामा यो जिल्ला रहेको छ । यस जिल्लामा लेक, बेंसी, नदीनाला, टार र फाँटहरू रहेका छन् । धादिङ जिल्लाको अधिकांश भू-भाग पहाडले ओगटेको छ । न्यून भू-भाग हिमालको आसपासमा पनि रहेको छ । त्यसैगरी त्रिशुली नदी, आँखु नदी, थोप्पल खोला लगायत पश्चिममा बगेको बूढीगण्डकी नदी तथा खोलाको किनारमा बेंसी तथा टारहरू पर्दछन् । नेपालका चर्चित टारहरूमध्येको एक टार सल्यानटार बूढीगण्डकी र आँखु नदीको बीचमा रहेको छ । त्यसैगरी जिल्लामा ससाहटार, कल्लेरीटार, पिपलटार, गजुरीटार, फिसफिसेटार, विशालटार ,रिचोकटार जस्ता प्रशस्तै टारहरू र बेंसीहरू रहेका छन ।
त्रिशुली नदी आँखु नदी थोप्पल खोला आँसी खोला कोशी खोला महेशखोला लगायत १५०० भन्दा बढी खोला खोल्साहरू यस जिल्लाभित्र रहेका छन् । त्यसैगरी जिल्लाको पश्चिममा बूढी गण्डकी नदीले गोर्खा र धादिङलाई छुट्याएर सीमानामा बगेको छ ।
धादिङ जिल्लामा समउष्ण समशितोष्ण र शितोष्ण हावापानी पाइन्छ । होचो भू-भाग सामान्यतया बेंसी एवं टारहरूमा समउष्ण हावापानी पाइन्छ भने तल्ला पहाडी भू-भागमा समशितोष्ण हावापानी पाइन्छ र माथिल्लो पहाडी भू-भागमा शितोष्ण हावापानी पाइन्छ ।
यस जिल्लामा ढुंगा बालुवा मार्वल स्लेट चुनढुङ्गा कोरण्डम क्वार्ज तामा सिसा जस्ता आदि खानीहरू रहेका छन् ।
यस जिल्लाको धेरैजसो बेंसी फाँट तथा टारहरूमा बजारको विकास भएको छ । यहाँ रहेका बजारहरूमा धादिङबेंसी आरुघाट विशालनगर किन्ताङ गजुरी मलेखु नौबिसे चरौंदी बेनीघाट महादेवबेंसी कटुन्जे रिङ्ने आदि रहेका छन् ।
मनोरम हिमालदृश्ष्का अतिरिक्त बुढीगण्डकी, आंखु र त्रिशुली जस्ता नदी सहित अनेकौं नदी नाला र प्राकृतिक मनोरम दृष्यहरुले भरिपूर्ण सुन्दर यस जिल्लामा गंगा जमुनाको झरना, झर्लाङको तातोपानी मुल, गुप्तेश्वर, चमेरे गुफा जस्ता गुफाहरु, विन्दुकेशर, सिद्धलेक मण्डलीमाई, सल्यानकोटमाई जस्ता धार्मिक स्थलहरु, ज्वालामुखी, सालीघोप्टे (धुषा) जस्ता हिमाली दृष्यहरु देखिने पर्यटकीय महत्वका स्थलहरु, र सल्यानटार, विशालटार जस्ता फा“टहरु नै धादिङ जिल्लाको विशेषता हो ।
राजधानी काठमाण्डौसंग सिमा जोडिएको यस जिल्लाको सदरमुकाम काठमाण्डौ देखि करिब ८८ कि.मी. पश्चिममा रहेको छ । कालुपाण्डे राजमार्गको धादिङबेशी मलेखु खण्ड (१७.५ कि.मी.) र पृथ्वी राजमार्गको (मलेखु नौविसे) खण्ड हुदै त्रिभुवन राजपथको नौविसे काठमाण्डौ खण्डले जिल्ला सदरमुकाम र राजधानीलाई जोडेको छ । धादिङबेशीबाट काठमाण्डौ जान र आउन प्रत्येक आधा घण्टामा सार्वजनिक यातायातको सुविधा रहेको छ ।
राजधानी संग नजिक र यातायातको राम्रो संजाल रहेको यो जिल्लामा स्थानीय विकासका गतिविधिहरु तुलनात्मक रुपमा राम्रो रहेका छ । तथापि आशातित रुपमा सडक यातायात, विद्युत, जनस्वास्थ्य, सञ्चार सेवाहरुबाट धादिङ पूर्ण रुपमा समेटिन सकेको छैन । शिक्षामा भएको विकासलाई पनि गुणस्तरको दृष्टिकोणबाट अझै विकास गर्नुपर्ने अवस्था रहेको छ । अझै कतिपय गाउ“हरुमा खानेपानी योजना पुग्न सकिरहेका छैनन् । अब हाम्रोसामु एकातिर पूर्वाधार विकास, कृषि उत्पादन, वातावरण, स्वास्थ्य, शिक्षा, संचार र पर्यटन क्षेत्रको विकास गरी आम्दानी बढाउनु पर्ने जस्ता जिम्मेवारीहरु छन् भने अर्कोतिर विगतमा भए गरेका कामहरुबाट शिक्षा लिंदै भए गरेका विकास प्रयासहरुलाई संरक्षण र सुसञ्चालन गर्नुपर्ने दायित्व रहेको छ । तैपनी यस जिल्लाका ५० मध्ये ४५ वटा गा.वि.स. सडक संजालसंग जोडिएको कारणले विकासका पूर्वाधार विस्तारमा केही सहजता पनि छ ।
१. भौगोलिक विवरण
कुल क्षेत्रफल:- १९२४८७ हे. (१,९२४=९ वर्ग कि.मी.ju{)
अक्षांस:- 27040' उत्तरी अक्षांस देखि 28017' उत्तरसम्म
देशान्तर:- 84035' पुर्वदेखि 80017' पुर्वसम्म
पुर्व - काठमाण्डौ, नुवाकोट,रसुवा जिल्ला
पश्चिम:- गोरखा जिल्ला
उत्तर - तिब्बत स्वशासित क्षेत्र (चिन र रसुवा जिल्ला)
दक्षिण:- मकवानपुर र चितवन
सदरमुकाम : धादिङवेंशी (६४० मी. उचाईमा)
२. राजनैतिक विभाजन:
निर्वाचन क्षेत्र नं.:- ३ ईलाका:-१३
गाउँ विकास समिति:- ५० नगर विकास समिति:- २ (निलकण्ठ र सल्यानटार)
नमुना गाउँ विकास समिति:-५ (सल्यानटार,कटुन्जे, सेर्तुङ, निलकण्ठ र गजुरी)
३. ईलाका अनुसार गा वि स हरु
ईलाका नं. १:- (तिप्लिङ, लापा, दार्खा र गुम्दी)
ईलाका नं. २:- (सेर्तुङ, झार्लाङ, रीगाऊँ र सत्यदेवी)
ईलाका नं. ३:- (फूलखर्क, मूलपानी, बुढाथुम र बसेरी)
ईलाका नं. ४:- (सल्यानटार, आगिन्चोक, सल्यानकोट र त्रिपुरेश्वर)
ईलाका नं. ५:- (मार्पाक, सेमजोङ, कटुन्जे र धुँवाकोट)
ईलाका नं. ६:- (चैनपुर, खरी, ढोला र मुरलीभञ्याङ)
ईलाका नं. ७:- (ज्यामरुङ, सांङकोष, निलकण्ठ, र खाल्टे)
ईलाका नं. ८:- (सुनौलाबजार, कल्लेरी, गोगनपानी र केवलपुर)
ईलाका नं. ९:- (मैदी, नलाङ, सलाङ र कुम्पुर)
ईलाका नं.१०:- (छत्रेदेउराली, जीवनपुर र नौविसे)
ईलाका नं.११:- (तसर्पु, थाक्रे र भूमेस्थान)
ईलाका नं.१२:- ( किरान्चोक, वैरेनी, पिंडा र गजुरी)
ईलाका नं. १३:- ( महादेवस्थान, वेनिघाट, धुषा र जोगीमारा)

Posted in: 






