सिन्धुपाल्चोक जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्रको एउटा जिल्ला हो । यो जिल्ला बागमती अञ्चलमा पर्दछ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा हो । सिन्धुपाल्चोक जिल्लामा ७९ गाविसहरू रहेका छन । यो जिल्ला विकासको हिसाबले पछाडी परेको पहाडी जिल्ला हो ।


जिल्लाको नामाकरण
नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघि सिन्धुपाल्चोक जिल्ला "पूर्व १ नम्बर" प्रशासनिक क्षेत्र अन्तर्गत पर्दथ्यो। काभ्रे र सिन्धुपाल्चोक दुबै इलाकाहरू समाहित "पूर्व १ नम्बर"को मुख्य प्रशासनिक मुकाम चौतारा थियो भनॆ धुलिखेलमा चाहि छोटी मुकाम। जुन समयमा सिन्धुपाल्चोक "पूर्व १ नम्बर" अन्तर्गत थियो त्यसबखत प्रशासनिक सुविधाका लागि ४० वटा थुमहरू खडा गरिएका थिए। ती ४० थुमहरू भित्र "सिन्धु" र "पाल्चोक" नामका दुई वटा थुमहरू पनि थिए। तिनै दुई थुमहरूको संश्लेषणबाट सिन्धुपाल्चोक जिल्लाको नामाकरण भएको बुझिन्छ।

भौगोलिक अवस्थिति
§  प्रतिशत भूभाग: नेपालको कुल क्षेत्रफलको १.७३ प्रतिशत
§  अक्षांश: २७.३४ डिग्री देखि २८.१२ डिग्री उत्तर
§  देशान्तर ८५.२६ डिग्री देखि ८६.४ डिग्री पूर्व
§  सिमाना: पूर्व चीनको तिब्बत  दोलखा, दक्षिण काभ्रेपलाञ्चोक  रामेछाप, पश्चिममा काठमाडौं  नुवाकोट तथा उत्तर रसुवा  चीनको तिब्बत
§  क्षेत्रफल २५४२ वर्ग किमी ।
§  औसत: चौडा‌इ ४९.३८ किमी
§  औसत: लम्बाइ ५३.०६ किमी (उत्तर दक्षिणतर्फ) छ ।

पौराणिक-ऐतिहासिक सन्दर्भ
§  ऋषि विश्वामित्रको तपोवन पाँचपोखरीमा थियो। श्रृङ्ग ऋषि पनि हिमालका छेउमा तपस्या गरी बसेका थिए । एकपटक नारद उनलाई भेट्न गएछन्। ठण्डीले गर्दा नारदले चिसो पानीमा नुहाउन सकेनन् र श्रृङ्ग ऋषिले तातोपानीको धारा खोलिदिए ।
§  पर्वतराजकी छोरी पार्वती यहींका हिमचुलीहरूमा टेक्थिन् र खेल्थिन्। हिमवत्खण्डमा जनाइए अनुसार उनी एक समय हिरण्यशेखर नामको पर्वतमा गइन् र त्यहाँ उनले सनातन नाम गरेका ऋषिलाई पूजा गरिन् अनि दान दिइन्। त्यसबखत पार्वतीको ओठको छेउबाट पसिना खस्यो; अनि तुरुन्तै पहेंलो रङ्गको भई नदी बनेर पहाडमा बग्यो - त्यही नदी सुनकोशी नदी हो।
§  राजा इन्द्रले कुनै बेला स्वर्गको राजपाट सबै छोडेर नदीका तीरमा आई तपस्या गर्न लागे । उनी नहुँदा स्वर्गमा बाधा पर्‍यो र इन्द्राणी आई विलाप गर्न लागिन । उनको विलाप सुनेर इन्द्रको मति फिरेछ । उनी फेरि स्वर्गमा गएर राजपाट सम्हाल्न थाले । इन्द्रको मति फिरेको हुनाले त्यस नदीको नाम इन्द्रावती नदी रह्यो ।
यसबाहेक इतिहासका विभिन्न नायक एवं पात्रहरूको नाम यस जिल्लाका देवस्थल, भूस्थल, युद्धस्थल र सीमास्थलसँग सन्दर्भित भएर आउँछन । ती पात्रहरूमध्ये हेलम्बु निर्वासित भएकीराजराजेश्वरी (रणबहादुर शाहकी जेठी रानी) दुगुनागढी र बहादुर शाह, जनरल भीमसेन थापा र भोताङ, अभयानन्द स्वामीका नामले प्रख्यात जनरल रणवीरिसंह थापा, रणनैनेश्वर शिवालय र सिपा हवेली, तिब्बतसँग सन्धि गरेर फर्केका काजी भीम मल्ल; सुनकोशी एवं इन्द्रावती संगममा क्रूरतापूर्वक उनको हत्या र उनकी पत्नीको श्राप आदि शताब्दीयौंसम्म नर्बिसने महत्वपूर्ण घटनाहरू हुन ।

सिन्धुपाल्चोक सम्बन्धी केही तथ्यहरू
§  क्षेत्रफलको आधारमा यो जिल्ला मध्यमाञ्चल विकासको १९ जिल्लामध्येको सवैभन्दा ठूलो जिल्ला हो ।
§  चीनसँग सडकमार्ग भएर जोड्ने महत्वपूर्ण ब्यापारिक नाका तातोपानी यसै जिल्लामा पर्दछ ।
§  काठमाडौ‌बाट सबैभन्दा नजिक मानिएको जुगल हिमाल यसै जिल्लामा पर्दछ ।
§  मुलुकमा नै सबैभन्दा बढी सन्यासीहरूको बसोबास भएको जिल्ला पनि सिन्धुपाल्चोक हो।
§  ठूलो धादिङ गाविसले रामेछापदोलखा र सिन्धुपाल्चोक जिल्लालाई जोड्छ ।
§  विश्वमा नै साहसीक खेल मानिएको १६० मीटर अग्लो बञ्जीजम्प भोटेकोशी नदी माथि यसै जिल्लामा पर्दछ।

व्यापारिक केन्द्र
तातोपानी, बाह्रबिसेचौतारा, खाडीचौर, लामोसाँघुजलबिरे, मेलम्ची, नवलपुर, चनौटे, तिपेनी, मुडे, बलेफी, सुकुटे, बाहुनेपाटी, सिक्रे, चेहेरे आदि ।

प्रमुख नदीनालाहरू
इन्द्रवतीभोटेकोशीसुनकोशी नदीहरूदेखि बलेफी (ब्रम्हायणी), मेलम्ची, सिन्धुखोला, गोहोरेखोला, झ्याँडीखोला, हाँडिखोला, मादेवखोला, तौथलीखोला, वाफलखोला जस्ता खोलाहरू यहाँका प्रमुख नदीनालाहरू हुन् ।

मुख्य ताल पोखरी
पाँचपोखरी,सिपाखोला, भैरवकुण्ड, गुम्वा ताल, सूर्यकुण्ड, नौलिङ्ग कुण्ड, धुप कुण्ड, गुन्यु ताल आदी यहाँका प्रमुख ताल तथा पोखरीहरू हुन् ।

प्रमुख तीर्थस्थलहरू
गौराती भीमेश्वर, सुनकोशी महादेव, पाल्चोक भगवती, तोथली माईस्थानतातोपानी, पाँचपोखरी, फट्केश्वर महादेव, धुपु, कालिञ्चोक भगवती आदि

धार्मिक तथा पर्यटकीय स्थलहरू
हेलम्बु, पाँचपोखरी, तातोपानी, गौराती भीमेश्वर मन्दिर, भैरवकुण्ड, दुगुनागढी, जुगल हिमाल, गाङजाला भञ्ज्यामङ, भेमटाङ, पाल्चोक भगवती, पाताल गुफा, त्रिपुरासुन्दरी मन्दिर, सुनकोशी र इन्द्रवतीको तीर ताप्चे, रानीपोखरी, पात्लेपानी, फुस्रे, ओख्रेनी, ताप्चेको हरियाली पाटी भञ्ज्याङ,लिस्ति दभि ।