देशको राजधानी काठमाण्डौबाट काभ्रेपलान्चोक जिल्लाको प्रवेशद्वार साँगा २१ कि.मि. पूर्वमा पर्दछ भने सदरमुकाम धुलिखेल ३१ कि.मि. को दुरीमा छ । यो जिल्ला ८५०२४' देखि ८५०४९' पूर्वी देशान्तर र २७०२१'देखि २७०८५' उत्तरी अक्षांशका बिच १४०४ बर्ग कि.मि. क्षेत्रमा फैलिएको छ।
यस जिल्लाको पूर्वमा रामेछाप र दोलखा,पश्चिममा काठमान्डौं,ललितपुर र भक्तपुर,उत्तरमा सिन्धुपलान्चोक, दक्षिणमा सिन्धुपाल्चोक, दक्षिणमा सिन्धुली र मकवानपुर जिल्ला पर्दछन्। पूर्वमा सुनकोशी पश्चिममा नगरकोट डाँडा एंव साँगा भञ्ज्याङ्ग उत्तर इन्द्रावती एवं सुनकोशी नदी र दक्षिण कोखाजोर र एवं खानी खोलाले वेष्टित यो जिल्ला भौगोलिक विषमता र प्राकृतिक सम्पदायुक्त जिल्ला मानिन्छ ।
समुद्र सतह देखि ३१८ मिटर (कोखाजोर खोला) देखि ३०१८ मिटर (वेथान्चोक नारायण डाँडा) सम्मको उचाई रहेको यस जिल्लाको अधिकांश भाग पहाडी भू-धरातलले भरिएको छ ।
वि.सं. २०१८ सालमा नेपाल अधिराज्यलाई १४ अंचल ७५ जिल्लामा प्रशासनिक विभाजन गर्नु पूर्व यो पूर्व १ नम्बर क्षेत्र अन्तर्गत पर्दथ्यो । पूर्व १ नं. क्षेत्रका २८ मौजा मध्ये काभ्रे र पलाञ्चोक नामका दुई ठूला मौजा भित्र रहेका विभिन्न गाँउ क्षेत्रलाई मिसाई काभ्रेपलान्चोक जिल्लाको स्थापना गरिएको थियो । प्रशिद्ध पलान्चोक भग्वतीवाट पलान्चोक र काभ्रे नित्य चण्डेश्वरीबाट काभ्रे चयन गरी यस जिल्लाको नाम काभ्रेपलान्चोक रहन गएको पाइन्छ ।
गाँउ समुह र अन्तर्गत गा.वि.स हरु :
गाँउ समुह र अन्तर्गत गा.वि.स हरु :
क्र.स | गाँउ समूह | गा.वि.स हरु |
१ | चौंरी | कार्तिके देउराली, पोखरी चौंरी र गोठपानी |
२ | चाकल | फलामेटार, डाडाँगाउँ, मिल्चे, गोकुले, साल्मे र सालधारा |
३ | पाँगु | खहरेपाँगु, महादेवटार, शिखर आम्बोटे र सिसाखानी |
४ | बिहाबर | रयाले र कुशादेवी |
५ | दाप्चा | छत्रेवाझ, पुरानागाउँ, डराउनेपोखरी, फूलवारी,खनालथोक र श्यामपाटी |
६ | नाला | टुकुचा र उग्रचण्डी |
७ | देउपुर | नयाँगाउँ, गैरीबिसौना र बालुवापाटी |
८ | भुम्लु | भुम्लुटार, सल्ले, फलाटे, सापिङ्ग, कोलाँती |
९ | मण्डन | महादेवस्थान, चण्डेनी, जैशीथोक र ज्याम्दी |
१० | पलान्चोक | साठीघर भगवती, खरेलथोक, कोशीदेखा दोलालघाट ( खमवादी ), होक्से |
११ | तिमाल | समयुखर्क, सिम्थली, बोल्देफेदिचे, ठूलो पर्सेल, मेच्छे, कुरुवास चापाखोरी पोखरीनारायणस्थान, कानपुर, मेथिनकोट, कटुन्जेवेशी । |
भौगोलिक क्षेत्र
क्र.सं. | भगोलिक क्षेत्र | गा.वि.सहरु |
१ | डाडापारी | च्याम्राङवेशी, फलामेटार, मिल्चे, सालधारा, साल्मे डाडागाउँ, गोकुले,घर्तिछाप, फोक्सिंटार बढाखाना, बनखुचौर । |
२ | कोशीपारी | सापीङ्ग, भुम्लुटार, फँलाटे, सल्ले, कोलाती चौवास, सिमथली, सानु बाङथली, नाग्रेगगर्चे, गोठपाना, बिर्ता देउराली, कार्तिके देउराली, पोखरी चौंरी, घुसेनी शिवालय, माझीफेदा र मादन कुडारी । |
३ | रोशी पारी | कलाती भूमेडाडा, चलाल गणेशस्थान, ढुंखर्क, च्यासिङखर्क, बल्थली,महांकालचौर खहरेपाँगु, शिखर आम्बोट, महादेवटार, सिसाखानी सिपाली चिलाउने, खार्पाचोक, मंगलटार, बाल्टीङ र भीमखोरी । |
४ | पूर्वी उपत्यका | साँगा, उग्रतारा जनागाल, र्याले, कुशादेवी, पनौती नपा, नाला, बनेपा रविओपी धुलिखेल । |
५ | पाचँखाल उपत्यका | पाँचखाल, देवभूमि बालुवा, होक्से र अनैकोट |
६ | बनेपा सात गाउँ | बनेपा, नाला, साँगा, धुलिखेल, श्रीखण्डपूर चौकोट, पनौती नपा । |
भौगोलिक स्थिति
जिल्लाको अधिकांश भाग डाँडा पाखा र पखेरुले भरिएको छ भने कहिंकहिं पहाडका चोइटाहरुको बीचबीचकमा समथर टार र बेशींहरु जस्तै, मंगलटार, दाप्चा बेशीं, भकुंण्डेबेंशी, खोपासी, पाँचखोल, कुन्ताबेंशी आदि फाँट बेंशीहरु पनि पाइने हुँदा यस जिल्लामा २ प्रकारको धरातलिय स्वरुप पाइन्छ।
१. पहाडी भू-भाग (Mountain land)
२. बेंशी, फाँट र टारहरु (Plaice and plateau)
पहाडी भू-भाग
जिल्लाका प्रय:अधिकांश भाग पहाडी धरातलले भरिएको छ। महाभारत श्रृंखलाभित्र पर्ने यी क्षेत्रहरुको भौगर्भिक तथ्यलाइ हेर्दा द. तर्फ Sand stone र Conglomerates ले बनेको सिवालिक समुह, जो चाँडो क्षयीकरण हुन सक्ने खाल्को छ,जस्मा भू-क्षय बढी प्रभावशाली हुन्छ यसैगरी फुलचओकि क्षेत्रमा Kathmandu Group का कम्जोर खाल्को स्लेट, फाइलेट (Phyllites) chits, shale and limestone ले भरिएको छ। जो जस्मा भू-क्षय बढी प्रभावशाली देखिन्छ। यसगरी कहींकहीं कडा भागमा कमजोर खालका Kathmandu Group चट्टान हरु पाइएको छ। (इसिमोड १९९३)
उत्तरमा रिशी, सुनकोशी र दक्षिणमा बागमती एवं कोखाजोर नदि क्षेत्र बीचमा रहेका यस भू-भागका प्राय: सवै खोलाहरु दक्षिणतर्फ बगेका छन्। बाक्लो जंगल र मध्यभाग रहेकाले यो क्षत्र अति बिकट देखिन्छ।
करिव ८० प्रतिशत धरातलिय स्वरुपले ढाकिएको यस क्षेत्र १२२० मिटर (४००० फिट)देखि ३०१८ (९८९९ फिट)सम्मका पहाडी धरातलले भरिएको यस प्रदेशको मुख्य मुख्य थुम्काहरुमा ढुंखर्क र च्याम्राङबेंशी बीचमा पर्ने बेन्थाचोक नारायण( ३०१८ मि./ ९८९९ फिट) पर्ने गजराज थुम्का ( ३०१२ मि./ ९८७९ फिट) र चौवासको चौवास डाँडा (२३११मि./ ७५८० फिट) पर्दछन्।अन्य स-साना पहाडी भागहरु निम्न छन्।
डाँडा | उचाई | स्थान र गाविस |
सेनडाल लेक | २००९मि./६५१८ फीट | |
तिमाल डाँडा | २१०९मि./६९१७ फीट | पोखरी नारायणस्थान |
फूलवारी डाँडा | १८३१मि./६००५ फीट | फूलवारी |
शारदा देवीस्थान | १७९५मि./५८८७ फीट | धु.न.पा. + काभ्रे |
काभ्रे देवीस्थान | १६८७मि./५५३फीट | |
पलाञ्चोक डाँडा | १४८७मि./४८७७ फीट | साठीघर भगवती |
वेथान्चोक डाँडा | ३०१८मि./९८९९फीट | ढुंखर्क |
बेंशी, फाँट र टारहरु :
समु्द्र सतह देखि करीव ३५० मिटर उचाइदेखि १२१९ मि. (३९९९ फिट) सम्मको उचाइमा रहेको यी बेंशीहरुले जिल्लाको २० प्रतिशत भू-भाग ढाकेका छन्। जस्मा पाँचखाल, बनेप, पनौती उपत्यका, भकुंण्डेबेंशी दाप्चे बेशीं,मंगलटार, ढाइटार (महादेवस्थान), कुन्ताबेंढी (महादेवस्तान) हल्देटार, माइटार र जोगिटार, ज्वनिटार (चण्डेनी मण्डन), मागिमटार, सानो बलदेउ र सतभैया (साल्धारा) आदि पर्दछन्। यी मध्य उत्पादकत्वका दृष्टिले महादेवस्थान, बनेपा(७ गाउँ) पाँचखाल र पनौती ज्यादै महत्वपूर्ण छन्।
राजनितिक तथा प्रशासनिक बिभाजन:
क्षेत्र | मध्यमाञ्चल |
अंचल | बागमती |
जिल्ला | काभ्रेपलाञ्चोक |
संसदीय निर्वाचन क्षेत्र | ३ (तिन) |
जिल्ला विकास समिति इलाका | १५ |
गाउँ विकास समिति | ८७ |
नगरपालिका | ३ |
वार्डहरु | १३३८ |
घरपरिवार संख्या | २६८२ |
जनघनत्व प्रति बर्ग कि. मी. | ७२०३८ |
कुल मतदाता | २७४.२८ |

Posted in: 






