मध्यमाञ्चल विकास क्षेत्रको वागमती अंचलका जिल्लाहरु मध्येको भक्तपुर एक हो। यो जिल्ला नेपाल अधिराज्यको सबभन्दा सानो जिल्ला पनि हो। जिल्लाको कूल क्षेत्रफल ११९ वर्ग किमिछ(केतवि, २०५८)। जिल्लाको क्षेत्रफल जिविसको अभिलेख अनुसार १३८.४८वर्ग किमि LRMP को अभिलेख अनुसार १२७.३८ वर्ग किमिरहेको छ। आजिवियो विश्लेषण प्रयोजनाका लागि स्रोत उल्लेख नभएको हकमा केतविको तथ्यांकलाई नै प्रयोग गरिएको छ। भौगोलिक रुपमा हेर्दा यस जिल्लाको उत्तरी सिमाना मनोहरा नदी, पूर्वमा महादेव कोखरी डाँडाको श्रृङखला, दक्षिणमा सूर्यविनायकको पहाडी खण्ड, पश्चिममा मनोहरा नदी र दुर्गेखोला रहेको छ। यस जिल्लाको पूर्व र पूर्व-दक्षिणमा काभ्रेपलान्चोक जिल्ला पर्दछ भने उत्तर र पश्चिममा काठमाडौँ र पश्चिम दक्षिणमा ललितपुर जिल्ला रहेको छ।
         भक्तपुर नगरमा जिल्ला सदरमुकाम रहेको यस जिल्लामा १६ वटा गाउँ विकास समितिहरु र २ वटा नगरपालिकाहरु रहेका छन्। यस जिल्लालाई दुईवटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ। जिल्लाको विकास प्रयोजनाका हिसाबले यस जिल्लालाई ११ वटा इलाकामा विभक्त गरिएको छ ।

१ जनसंख्याको आकार
राष्ट्रिय जनगणना, २०५८ अनुसार यस जिल्लाको कूल जनसंख्या २,२५,४६१ रहेको छ। २०५८ सालदेखि २०५८ सालसम्मको जनसंख्या स्थिति तल दिइएको छ (तालिका)
२०३८ सालको जनसंख्या वृद्धिदरको तुलनामा २०४८ सालको जनसंख्या २.९३ प्रतिशतले एक्कासी घटेको देखिन्छ। यस जिल्लाको जनसंख्या  वृद्धि दर राष्ट्रिय सरदर २.२४प्रतिशतको तुलनामा अझै निकै उच्च रहेको छ।
जिल्लाको विगत ३० वर्षको अवधि (२०२८-५८) मा पुरुषको जनसंख्या ५१.३३ प्रतिशतबाट ५०.९१ प्रतिशत कायम भई पुरुष जनसंख्या २०३८ तुलनामा २०५८ मा ०.३१ प्रतिशतले घटेको देखिन्छ। २०३८ को तुलनामा ०५८ मा महिलाको जनसंख्या १.१२ प्रतिशतले वृद्धि भयको  देखिन्छ।

२ जनसंख्या वृद्धिदर
राष्ट्रिय जनगणना २०५८ अनुसार जिल्लाको २०४८ सम्म जनसंख्या वृद्धि दर  प्रतिवर्ष २.७१ प्रतिशत रहेको पाइन्छ जुन राष्ट्रिय स्तरको जनसंख्या वृद्धि दर २.२४ प्रतिशत भन्दा बढी देखिन्छ। अहिलेको जनसंख्या वृद्धि दरको आधआरमा २५.८ वर्षमा यस जिल्लाको जनसंख्या दोब्बर हुने देखिन्छ।

३ जनसंख्या अवयव विश्षण (Component Analysis)
जिल्लाको जनसंख्या सम्बन्धी आधारभूत सूचनाहरु तल तालिकामा दिइएको छ।
  काठमाडौं उपत्यकाको जनसंख्याको अवयव स्थितिको तुल्नात्मक स्वरुप हेर्दा काठमाडौं र ललितपूर जिल्लाको भन्दा भक्तपुरको कुल प्रजनन् दर बढी देखिन्छ। यसो भएतापनि राष्ट्रिय स्तरको (५.०) भन्दा प्रजनन् दर (४.२) देखिन्छ। यसैगरी सन् १९९६ मा राष्ट्रिय स्तरको मातृ मृत्यु दर ५८ प्रति दश हजार भन्दा जिल्लाको कम (४० प्रति दश हजार) भए तापनि सेवा सुविधाको दृष्टिकोणबाट हेर्दा यो दर अझै बढीरहेको अनुमान गर्न सकिन्छ। महिलाहरुको औसत उमेर कम गराउन यसले कारक तत्वको रुपमा काम गरेको छ।

४ बसाइ सराइ
काठमाडौंसँग जोडिएको यस जिल्लाको पशचिम क्षेत्रतर्फ जिल्ला बाहिर बाट बसाइ सरि आउने क्रम बढ्दो रुपमा देखिएको छ। अधिराज्यका अन्य थुप्रै जिल्लाहरुबाट यस क्षेत्रमा नयाँ स्थाइ बसोबास गर्नेहरुको संख्या बढ्दै गएको पाइन्छ। बाहिरबाट यस जिल्लामा बसाइ सरि आउने दर उच्च रहेको पाइन्छ। कुल प्रजनन् दर राष्ट्रिय सरदर भन्दा कम हुँदाहुँदै पनि जिल्लाको वृद्धिदर उच्च रहनुको प्रमुख कारणमा  बसाइ सराइको चाप रहेको कुरा पुष्टि हुन आउँछ। तर व्यक्तिगत घतना दर्ता व्यापक र पूर्ण नभएको कारणले यसको पुष्ट्याई गर्न कठिन छ। जिल्लाको अभिलेखबाट भने खास्सै वृद्धि भएको देखिदैन। यसबाट घटना दर्ता प्रतिक्रीया नै कम भएको माथिको तथ्याङ्कबाट देखिन्छ।

५ जनसंख्याको बनावट(Composition of population)
जिल्लाको कुल जनसंख्या मध्य १९-४५ बर्ष उमेर समुहमा ३५-९१ प्रतिशत जनसंख्या रहेको छ।यो उमेरको जनसंख्याले जनसंख्याको वृद्धिदर अझै उच्च दरमा पुर्याउने सम्भावना छ।

जिल्लामा रहेकोजनसंख्याको औसत आयु सन् १९९८ मा पुरुष र महेलाको क्रमश: ५६र ४५ रहेको थियो। सोही अवधिको राष्ट्रियस्तरमा औसत आयु क्रमश: ५६ र ४५ रहेको थियो। (Nepal HDR, 1998)। यसबाट भक्तपुर जिल्लाको  औसत आयु स्थिति राष्ट्रियस्तरमा पुरुषको केहि षन्तोशजनक देखिए तापनि महिलाको स्थिति कमजोर देखिन्छ। महिलाको कमजोर सामाजिक-आर्थिक अवस्था, स्वास्थिय स्थिति,शैक्षक  स्तर र लैङ्गिक विभेदको समग्र परिणाम औसत आयमा प्रतिविम्वित भएको छ ।

 ६ जनसंख्याको वितरण (Distribution of Population)
दुईवटा नगरपालिका रहेको भक्तपुर जिल्ला अधिकांश ग्रामीण क्षेत्रले आगटेको भएतापनि  यहाँको कुल जनसंख्याको ५३.४ प्रतिशत जनसंख्या शहरी क्षेत्रमा बसोबास गर्दछन्।
जनसंख्याको अधिकांश हिस्सा नगर क्षेत्रमा बसोबास गर्ने र यो संख्या प्रत्यक वर्ष वृद्धि हुदै गएकोले शहरीकणको प्रक्रीया तिव्र रहेको कुरा पुष्टि हुन आउँछ। यसले एकातिर उपलब्ध सेवा र सुविधामा चाप अत्याधिक रहेको देखिन्छ भने अर्कोतिर सेवा सुविधा विस्तारको लागत कम हुने कुरा दर्शाउँछ। शहरिकरणको यस प्रक्रियालाई समयमै व्यवस्थित गर्न सकिएमा अवसरका रुपमा प्रयोग गर्न सकिन्छ भने अव्यवस्थित हुने मौजुदा क्रम विद्यमान रहेमा भविष्यमा ठूलो मुल्य चुकाउनुपर्ने देखिन्छ ।

७ धर्म, जातजाति तथा भाषागत विवरण
धर्म
यो जिल्लामा विभिन्न धर्मावलम्विहरु बसोबास गर्दछन्। हिन्दु धर्मावलम्विहरुको जनसंख्या सबैभन्दा बढिरहेको छ। कुल जनसंख्याको ९२.१ प्रतिशत हिन्दु धर्मावलम्विहरु छन् भने हिन्दु पछि बौद्ध धर्म मान्नेहरुको संख्या ७.५ प्रतिशत रहेको छ। अन्य धर्मावलम्विहरमा जैन, इस्लाम, क्रिशचिय आदि रहेका छन्। धर्मावलम्विहरको विवरण तल दिइएको छ ।

माथिको तालिका अनुसार २०३८ को तुलनामा २०४८ मा हिन्दु धर्मावलम्विहरुको संख्यामा केहि कमि आएको, बौद्ध धर्मावलम्वि झण्डै २ प्रतिशतले वृद्धि बएको र अन्यमा सामान्य परिवर्तन आएको देखिन्छ।

 जाति
जिल्लामा बसोबास गर्ने जातजातिहरुको विवरण तल दिइएको छ (तालिका)।
माथिको तालिका अनुसार यस जिल्लाको कुल जनसंख्या मध्य अधिकांश हिस्सा अर्थात् ६२.८ प्रतिशत नेवार जातिको बहुल्याता रहेको देखिन्छ। साथै अन्य धेरै जातजातिहरु यस जिल्लामा बसोबास गर्ने गरेकाले जातजाति र सास्कृतिक विविधता रहेको देखिन्छ।

 भाषा
जनगणना २०४८ अनुसार यस जिल्लामा नेवारि भाषा बोल्नेको संख्या सबै भन्दा बढी ६०.८६ प्रतिशत रहेको छ भने नेपालि भाषा बोल्नेहरुको संख्या ३४.६६ प्रतिशत रहेको छ। भक्तपुर नेवार संस्कार र संस्कृतिको पुरानो शहर भएको कारण ठूलो नेवार समुदाय रहेको हुँदा नेवार भाषाभाषिहरुको बहुल्यता रहेको हो।

जनसंख्या वृद्धि सम्बन्धि विद्यमान समस्याहरु
जनसंख्या वृद्धिदर निकै तिव्र रहेको छ । यसका प्रमुख कारणहरुमा बाहिरबाट बसाइसराइ गरि आउनेको ठूलो चाप र प्रजनन् दर अझै उच्चरहेको देखिन्छ। नगरोन्मुख गाविसहरु राजधानिको नजिक रहनु, साथै भक्तपुरमा उद्योगधन्दाहरु संचालन हुनु पनि जनसंख्याका थप कारणहरु हुन्।