भौगोलिक विभाजन अनुसार काठमाण्डौं जिल्ला मध्यमाञ्चल विकास क्षेत्र अन्तरगत रहेको छ । काठमाण्डौं उपत्यका भित्रका तीन जिल्ला मध्ये काठमाण्डौं देशको राजधानी समेत भएको एक मुख्य जिल्ला हो । यो जिल्ला २७ डि. २७ मि. देखि २७ डि. ४९ मि. उत्तरी अक्षांशसम्म र ८५ डि. १० मि. देखि ८५ डि. ३२ मि. पूर्वी देशान्तरसम्म फैलिएको यो जिल्ला पूर्वमा भक्तपुर तथा दक्षिणमा ललितपुर तथा मकवानपुरको बीचमा अवस्थित छ । यस जिल्लामा ५७ वटा गाविस१ वटा महानगरपालिका र १ नगरपालिका रहेका छन् । समुन्द्री सतहबाट १२६२ मिटरदेखि २७३२ मिटरसम्मको उचाईमा रहेको यस जिल्लामा चन्द्रागिरीशिवपुरी र नागार्जुन गरी तीन उच्च पहाडी श्रृखलाहरु मुख्य रुपमा पर्दछन् । यस जिल्लाको अधिकतम तापक्रम जेठ आषाढ तिर ३२ डि. सम्म र न्युनतम तापक्रम पौष माघ तिर माइनस –(२) डि.से. सम्म भएको पाईन्छ भने औषत वर्षा १७६.४ मि.लि. भएको देखिन्छ । यस जिल्लाको क्षेत्रफल ३९५ वर्ग कि.मि. अर्थात ३९५०० वर्गहेक्टर रहेको छ । देशको कुल क्षेत्रफल मध्ये काठमाण्डौं जिल्लाले ०.२७ प्रतिशत भाग औगटेको छ ।



जिल्लालाई तथ्यांकमा निम्नानुसार हेर्न सकिन्छ ।

कुल जनसंख्या
१०८१८४५
पुरुष
५७६०१०
महिला
५०५८३५
कुल घरधुरी मध्ये नगरपालिका भित्रपर्ने घरधुरी संख्या

गाविस भित्र पर्ने घरधुरी संख्या

सरदर परिवारको आकार
४.६
खेतीगर्ने जमिनको स्वामित्व भएको घरधुरी
२३४३४
अधिराज्यको कुल जनसंख्या मध्ये काठमाण्डौमा बसोबास गर्ने जनसख्याको प्रतिशत
४.७६
जिल्लाको राजनैतिक बिभाजन:

क्षे. न.
गाविस / न.पा. वडाको नाम
१.
काठमाण्डौं महानगरपालिका वडा नं. १०, ११, ३२, ३४
का.म.पा. वडा नं. ९ र ३५, लप्सेफेदी, सुनटोल, बज्रयोगिनी, गोठाटार, ईन्द्रायणी, मुलपानी, नाङ्ले भारे, डाछी, पुखुलाछी
का.म.पा. वडा नं. ६ गोकर्णेश्वर, सुन्दरीजल, आलापोट, बालुवा भद्रवास, जोरपाटी, नयाँपाटी, गागलफेदी
का.म.पा. वडा नं. १,,, र ३३, महांकाल, चपली भद्रकाली, चुनिखेल, कपन
का.म.पा. २,,,र ५, टोखा सरस्वती, टोखा चण्डेश्वरी, धापासी, खड्का भद्रकाली, वूढानीलकण्ठ
का.म.पा. २९, ३०, र ३१, धर्मस्थली, गोंगबु, मनमैजू, झोरमहांकाल, काभ्रस्थली, फटुङ्ग,
का.म.पा. वडा नं. १६, १७, १८, २६, २७, र २८, इचंगुनारायण जीतपुरफेदी, गोलढुंगा
का.म.पा. वडा नं. १३, १५, १९, २०, २३, २४, र २५, सीतापाइला
का.म.पा. वडा नं.१२, १४, २१, र २२, नैकाप नयाँभञ्ज्यांग, तीनथाना, बलम्बु, नैकाप पुरानो भञ्ज्यांङ्ग, भीमढुंगा, रामकोट, दहचोक, स्यूचाटार
१०
कीर्तिपुर न. पा., सेतीदेवी, शेषनारायण, टल्कु डयडेचौर, छैमले, दक्षिणकाली, चाल्नाखेल, सतुङ्गल, मच्छेगाऊ, महादेवस्थान, मातातीर्थ, बाडभञ्ज्यांग थानकोट
जिल्लाको ईलाका विभाजन
ईलाका नं.
जम्मा गा.वि.स.
गा.वि.स. / न.पा. को वडा
नाङ्गलेभारे, सुन्टोल, पुखुलाछी, वज्रयोगिनी, लप्सेफेदी, ईन्दायणी
भद्रवास, आलापोट, डाँछी, जोरपाटी र का.म.न.पा. ६, , ,
गागलफेदी, सुन्दरीजल, नयाँपाटी, गोकर्णेश्वर, वालुवा
गोठाटार, मुलपानी, का.म.न.पा. ९, १०, ३४ र ३५
कपन, महांकाल, चुनीखेल र का.म.न.पा. ४, , ३१, ३२ र ३३
विष्णुबुढानिलकण्ठ, चपली भद्रकाली, खड्का भद्रकाली र का.म.न.पा. १, ,
टीखा चण्डेश्वरी, झोरमहांकाल
धापासी, टोखासरस्वती
गोगवु र का.म.न.पा. ११, १८, २२, २३, २४, २५, २६, २७, २८, २९, र ३०
१०
काभ्रस्थली, जितपुरफेदी, धर्मस्थली, सांङ्गला, फुटुङ्ग, मनमैजु
११
गोलढुंगा, रामकोट, भिमढुंगा, सितापाईला, इचंगुनारायण, का.म.न.पा. १५, १६, १७, १९, २०, २१
१२
दहचोक, स्यूचाटार, नैकाप पुरानो भञ्ज्यांग/ वाडभञ्ज्याङ्ग
१३
मच्छेगाऊ र की.न.पा.  (१२, १६, १७, १८,१९ कामप १२, १३
१४
तीनथाना, वलम्बु, महादेवस्थान, मातातीर्थ, सतुंगल, नैकाप नयाँ भञ्ज्यांग, थानकोट र का.म.न.पा.
१५
टल्कु, डुडेचौर, शेषनारायण, सेतीदेवी, दक्षिणकाली, चाल्नाखेल, छैमले र की.न.पा. १३,१४,१५