पृष्ठभुमी:



गैरसरकारी संस्था महासन्धि नेपाल राष्ट्रिय निर्देशन ऐन अनुसार दर्ता भएको गैरसरकारी संस्थाहरुको एकमात्र राष्ट्रिय छाता संस्था हो । 


यो संस्था सामाजिक न्याय मानवअधिकारको सम्बद्र्धन र संरक्षण विपन्नवर्गाको पहुच बृद्धि गैससहरुको हकहित एवम् क्षमता अभिवृद्धि तथा राष्ट्रको समग्र विकासमा समर्पित छ । यो गैरसरकारी संस्थाका प्रतिनिधिद्धारा संचालित स्वायत एवम् गैर राजनीतिक संगठन हो । यो संस्थाले गैससको जवाफदेहिता र पारदर्शीता अभिवृद्धिका लागी गैसस गैससका पदाधिकारी र कर्मचारीहरुका लागी आचार सहिता तयार गरि कार्यान्वयनमा ल्याएको छ । गैर सरकारी संस्था महासंघले राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था दातृसंस्था र सरकारी निकायहरुबीच सम्पर्क सम्बन्ध विकासका लागी सम्पर्क सुत्रको रुपमा कार्य गर्दै आएको छ ।
महासंघको विधान अनुसार यस मध्यमाञ्चल क्षेत्रीय समिति २०५३ सालमा बारामा तद्र्थ समितिको गठन भइ २०५७ सालमा उक्त तदर्थ समिति देवीका तिमल्सिनाको संयोजकत्वमा पुनर्गठन भएको थियो । २०५९ साल श्रावन २४ गते क्षेत्रीय भेला हेटौंडामा भइ देवीका तिमल्सिनाकै अध्यक्षतामा क्षेत्रीय सतिति गठन भएको थियो । त्यसपछि २०६० सालमा मंसिरमा ललितपुरमा क्षेत्रीय भेला भई क्षेत्रीय स्रोतकेन्द्र हेटौडामा राख्ने निर्णय भएको थियो । मध्यमाञ्चल क्षेत्रीय समितिका भक्तपुरको खरिपाटीमा २०६१ आश्विन १५ र १६ गते सम्पन्न भएको क्षेत्रीय भेला एवं अधिवशनवाट ९ सदस्यीय मध्यमाञ्चल क्षेत्रीय कार्य समिति गोपाल लम्सालको अध्यक्षतामा निर्बाचित गरिएको थियो । उक्त समितिका क्षेत्रीय अध्यक्ष केन्द्रीय समितिमा निर्वाचित हुनु भएकोले २०६३ श्रावन ६ गते क्षेत्रीय कार्य समितिको जिम्मेवारी इन्द्र नेपालको अध्यक्षतामा हेरफेर गरिएको थियो भने २०६३ भाद्र १७ गते यस समितिको दास्रो क्षेत्रीय साधारण सभा हेटौंडा सम्पन्न भएको थियो ।

परिकल्पना (Vision):
  • गैसस महासंघ नेपाल मध्यमाञ्चल क्षेत्रीय समिति सकारात्मक सामाजीक परिवर्तनको लागी दिगो स्वनिर्भर मार्गदर्शक नागरिक समाजको अगुवाई गर्ने गैससहरुको छाता संस्थाको रुपमा स्थापित भएको हुनेछ ।


ध्येय (Mission):
  • स्रोत परिचालन र व्यवस्थापनको माध्यमबाट यस क्षेत्रीय रहेको १९ वटा जिल्ला शाखा मार्फत सदस्य संस्थाहरुको संस्थागत विकास एवं क्षमता अभिवृद्धि गर्ने ।
  • शान्ति लोकतन्त्र मानवअधिकार र सामाजिक न्यायको निम्ति जनवकालत गरी सरोकारवालाहरुसंग साजालीकरण गनॆ्र ।
  • संस्थागत सुसाशनको लागी यस क्षेत्रका जिल्ला शाखाहरु र आवद्ध गैससहरुमा प्रभावकारी अनुगमन तथा मूल्याङ्कन प्रणालीको विकास गर्ने ।
  • मध्यमाञ्चल क्षेत्रीय समितिको संस्थागत विकास गरी आवासीय तालिम केन्द्रसहितको क्षेत्रीय श्रोतकेन्द्रलाई व्यवस्थित सूचना बैंकको रुपमा विकसित गर्ने ।