क्षेत्रीय गोष्ठि सम्पन्न

३० फागुन २०६८, मंगलबार

गैरसरकारी संस्था महासंघ नेपाल मध्यमाञ्चल क्षेत्रीय समितिको आयोजनामा आज हेटौंडामा १ दिने नेपालमा बैदेशिक सहायतामा पारदर्शिता सम्बन्धि क्षेत्रीय स्तरको परामर्श गोष्ठि सम्पन्न भएको छ । कार्यक्रममा मकवानपुरमा रहेका गैरसरकारी संस्थाका प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुख एंव प्रतिनिधिहरु, पत्रकारहरु मध्यमाञ्चल क्षेत्रका गैरसरकारी संस्था महासंघ नेपालका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण महासंघका केन्द्रिय कोषाध्यक्ष गोपाल लम्साल र कार्यक्रम संयोजक दिपक पोखरेलले गर्नु भएको थियो । कार्यक्रममा गैसस महासंघका केन्द्रिय सदस्य इन्द्र नेपाल, क्षेत्रीय उपाध्यक्ष रामचन्द्र साहले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम गैसस महासंघ नेपालका मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष लक्ष्मण रेग्मीको अध्यक्षतामा भएको थियो ।