![]() |
| इन्द्र नेपाल |
गैर सरकारी संस्थाहरुको स्रोतको आधार खडा गर्ने, प्रभावकारी रुपले क्षमता अभिवृद्धि गर्ने र जनसरोकारका सवालमा जनवकालत (साझेदारी, खबरदारी र पहरेदारी) गर्ने प्रमुख उद्देश्यले सन् २००४ मार्चमा अन्य विकास क्षेत्रहरुमा जस्तै मध्यमाञ्चलको हेटौंडामा स्थापना भएको मध्यमाञ्चल क्षेत्रीय नागरिक स्रोत केन्द्रले आठ वर्ष पूरा गरेको छ । शरुवात देखि नै घर भाडामा लिई नागरिक स्रोतकेन्द्रका साथै गैसस महासंघ नेपाल मध्यमाञ्चल क्षेत्रीय समितिको सचिवालय समेत् यसैमा संचालन हुदै आएको छ ।
१.क्षेत्रीय नागरिक स्रोत केन्द्रले सम्पन्न गर्दै आएका कार्यहरु
- पुस्तकालय सञ्चालन ।
- सरकारी, तथा गैरसरकारी निकाय, निजी क्षेत्र, दातृ निकाय, अन्तर्राष्ट्रिय गैसस र अन्य नागरिक संगठनहरु बीच सम्पर्क सम्वन्ध स्थापना र सहकार्य गर्दै सम्पर्क केन्द्रको रुपमा कार्य गर्दै आएको ।
- संस्थागत बिकास र मानविय क्षमता अभिबृद्धि सम्बन्धि बिभिन्न किसिमका तालिम, गोष्ठि, कार्यशाला आयोजना
- जातीय, क्षेत्रीय, लैङ्गिक समानता, सुशासन, समावेशीकरण, मानव अधिकारका साथै लोकतन्त्र तथा जनसरोकारका सवालहरूमा स्रोतकेन्द्रको समन्वयमा अन्य महासंघ, नेटवर्क र नागरिक समाज संस्थाहरूको संयुक्त आयोजनामा नागरिक र्याली , सभा, गोष्ठि, निर्वाचनमा पर्यवेक्षण, संविधान सभा मतदाता शिक्षा, संविधानमा समेट्नु पर्ने जनताका सवाल सम्बन्धि गोलमेच कार्यक्रम आदि आयोजना ।
- मध्यमाञ्चलका १९ वटै जिल्लाहरूको गैसस प्रोफाइल प्रकाशनका साथै शाखाहरूको गतिबिधि, बस्तुगत स्थिति गैसस, अन्तर्राष्ट्रिय गैसस, दातृनिकाय र अन्य क्षेत्रको विवरण संकलन ।
- पाखा पारिएका वर्ग, क्षेत्र एंव सामाजिक बिकास अभियानसँग सम्बन्धित विभिन्न पत्र–पत्रिकामा प्रकाशित सामाग्री अभिलेख राख्ने कार्य ।
- सुचना, तथ्याङ्क संकलन एंव अभिलेखिकरण साथै सम्प्रेषण ।
- सचिवालय सेवा सहितको आवासीय तालिम केन्द्र सञ्चालन ।
- प्रस्तावना पत्र / प्रतिवेदन/ ब्रोसियर लेखन अनुवादका साथै परामर्श सेवा प्रदान ।
- क्षेत्रीय नागरिक स्रोतकेन्द्रको आफ्नै वेवसाइट www.nfncrc.blogspot.com संचालनमा ल्याइएको ।
- क्षेत्रीय समितिको रु ५ लाख र जिल्ला शाखा मकवानपुरको रु १ लाख २६ हजार ६ सय गरि जम्मा रु. ६ लाख २६ हजार ६ सय लगानीमा हेटौंडा–२ बनस्खण्डीमा ०–१–०६ क्षेत्रफलको घडेरी जग्गा खरिद गरी भवन निर्माण कार्य शुरु गरिएको ।
भवन निर्माणका लागि २०६८ चैत्र मसान्तसम्म रु ३१ लाख १५ हजार सहयोग संकलन भएकोमा रु ३१ लाख ७ हजार खर्च भएको छ । भवनको सामुदायिक हल निर्माण भैसकेको छ भने पुस्तकालय सूचना केन्द्र तर्फको भवन ढलान हुन मात्र बाकि रहेको छ । समग्रमा भवनको एक तिहाई निर्माण कार्य पूरा भएको छ ।
२.आवाशीय तालिम केन्द्रको पृष्ठभुमिः
स्रोतकेन्द्रको उदेश्य लक्ष्य र माथि उल्लेखित कार्यहरु गर्नका लागि शुरुमा २ वर्ष गैसस महासंघले अन्तर्राष्ट्रिय दातृ संस्था DFID को सहयोगमा सञ्चालन गरेको क्षमता अभिवृद्धि परियोजनाको सहयोगमा कर्मचारी, अफिस संचालन खर्च, अफिसियल सामाग्री (कम्प्यूटर, फोटोकपी, फर्निचर आदि ) पुस्तकालयका लागि पुस्तक आदिको व्यवस्था गराएको थियो । यसको साथै क्षेत्रीय नागरिक स्रोत केन्द्रको दिगोपना र स्वनिर्भरताका लागि ब्यवशायीक योजना Business Plan संचालन गर्न रु. ५ लाख विउ पुजि पनि प्राप्त भएको थियो । उक्त व्यवसायिक योजनाको फलस्वरुप २०६२ भाद्र महिनादेखि आवाशीय तालिम केन्द्र संचालन भैरहेको छ ।
३.आवाशीय तालिमकेन्द्रको वर्तमान अवस्था
· साना ठुला गरी १४ कोठा भएको नेपाल रेडक्रस सोसाइटी मकवानपुरको घरभाडा लिई ४० जना क्षमताको हल, ३० जना वसोवास गर्न पुग्ने सयन कक्ष, भान्छाघर र क्षेत्रीय समिति एवं मकवानपुर शाखाको सचिवालय तथा पुस्तकालय एवं सुचना संकलन तथा सम्प्रेषण केन्द्र संचालन हुदै आएको छ ।
· फोटोकपी, फ्याक्स, कम्प्यूटर टाइप र प्रिन्ट, टेलिफोन, इमेल इन्टरनेट, र मल्टीमिडीया, क्यामेरा आदिको सचिवालय सेवा उपलब्ध ।
· स्रोतकेन्द्रमा ६ जना कर्मचारी (स्रोत केन्द्र इज्चार्ज–१, लेखापाल–१, कार्यालय सहायक–१, तालिम केन्द्र सहयोगी –२ र सफाई कर्मचारी –१) कार्यरत छन् ।
· आवाशिय तालिम केन्द्रमा विशेष गरी गैससहरुले कार्यक्रम संचालन गर्ने गरेका छन् । अन्य महासंघहरु, संञ्जाल, नागरिक समाज, निजी क्षेत्रका संघ संस्थाहरु, सरकारी निकाय, पेशागत संघ संस्थाहरु र अन्य जिल्लाका भ्रमण टोलीलाई पनि सेवा पुगेको छ ।
· स्रोत कम भएका सामाजिक संघ संस्थालाई विशेष सहुलियतमा पनि सेवा उपलब्ध गर्दै आएको छ भने विशेष समस्यामा परेका व्यक्ति र समूहहरुलाई निश्चित समयका लागि पनि बसोबासको सुविधा दिइएको छ ।
४. तालिम केन्द्रको आर्थिक अवस्था
४.१ सम्पत्ति तथा जायजेथा
· वर्तमान अवस्थामा ३९ लाख वजार मुल्य रहेका १ कठ्ठा ६ धुर जग्गा र त्यसमा हालसम्म रु ३१ लाख खर्च भैसकेको निमार्णधिन नागरिक भवन ।
· फर्निचर रु.१,६३,६३९।८०, कार्यालय सामान रु.१,८९५।०५, कम्प्यूटर, प्रिन्टर, तालिम उपकरण, फोटोकपी, फ्याक्स रु.२,२२,०९५।२२ र अन्य विविध सामाग्री रु.२१,७०२।५१ र बैंक तथा प्राप्त हुन बाकी रु.१,९६,०१३।१८ रहेको छ ।
४.२ वार्षिक कारोवार एवं मासिक खर्चको अवस्था
आवाशीय तालिम केन्द्र
आ.व | आय | व्यय | बचत÷ (नोक्सान) |
२०६६÷०६७ | २,४२२,९४४।४२ | २,३४६,०८५।७६ | ७६,८५८।६६ |
२०६७÷०६८ | ३,१९३,५८९।४६ | ३३५७३२७।९३ | (१६३,७३८।४७) |
०६८ श्रावण १ देखि ०६८ चैत ३० सम्म | १,७५०,८२९।७६ | २०३४१४१।४६ | (२८३,३११।७०) |
५. तालिम केन्द्र संचालन वाट भएको उल्लेखनीय उपलब्धीहरु
· तालिम केन्द्र संचालनवाट भएको बचतबाट जग्गा खरिदको लागि ०६४ पौषमा रु.२ लाख ७५ हजार उपलब्ध गराउन सक्नुका साथै भवन निर्माणका लागि ०६७ भाद्र देखि हाल सम्म रु.६,५०,०००।– उपलब्ध गराउन सक्षम हुनु ।
· महासंघको क्षेत्रीय समितिको सचिवालय, वैठक एवं यात्रा खर्चमा साथै अन्य प्रशासनिक खर्च तालिम केन्द्रवाट व्योहोरिनु ।
· क्षेत्रीय समितिले कार्यक्रमहरु संचालन गर्न सहज, ब्यवस्थित सचिवालय, हल उपलब्ध ।
· ६ जना ब्यक्तिलाई रोजगारी प्राप्त ।
· गैससहरुलाई केही हद सम्म आवश्यक सुचना तथ्याङ्क, तालिम सन्दर्भ सामाग्री, तालिम उपकरण, परार्मश सेवा उपलब्ध ।
· जनसरोकारको सवाल एवं महासंघले गर्नु पर्ने पैरवीका लागि साझा मञ्च उपलब्ध ।
६. तालिम केन्द्रका समस्या, चुनौतीहरु
· ०६७ चैत देखि गैसस महासंघ नेपाल केन्द्रले संचालन गरेका परियोजना वाट घर भाडा, प्रशासनिक खर्च र माथिल्लो तहका कर्मचारी तलब खर्च प्राप्त हुन छाडे पछि तालिम केन्द्रलाई रु.५०,०००।– मासिक थप ब्यय भार बढ्नु । जस्का कारण यस अवधिमा आम्दानी भन्दा संचालन खर्च वढी भएको छ । यसको परिपूर्तिका लागि खर्चमा कटौती गर्नुका साथै तालिम प्याकेज लगायत अन्य आम्दानी हुने कार्य तत्काल गरी आय स्रोत वढाउनु पर्ने छ ।
· आवाशिय तालिम केन्द्रको सेवा सुविधा स्तर वृद्धि, ब्यवस्थित र प्रतिस्पर्धी वनाई पर्याप्त प्रचारप्रसार गर्न अत्यावश्यक छ ।
· तालिमकेन्द्र थप प्रभावकारी र ब्यवस्थित हिसाबले संचालन गर्न क्षेत्रीय समिति र जिल्ला शाखा मकवानपुर अझ योजनावद्ध तरिकाले एकाकार भएर लाग्नु पर्ने देखिन्छ ।
७. आवाशीय तालिमकेन्द्र यहासम्म आइपुग्नाको कारण र सिकाई
· गैसस महासंघका क्षेत्रीय समिति र जिल्ला शाखा मकवानपुरका साथीहरु आ–आफ्नो क्षेत्र एवं जिम्मेवारी अनुसार एकाकार भएर तालिम केन्द्रको ब्यवस्थित संचालन र प्रचारप्रसारमा लागि पर्नु ।
· आवाशीय तालिम केन्दको सुविधा्र सेवाग्राहीहरुले २४ सैं घण्टा प्राप्त गर्न पाउनु । स्रोतकेन्द्रका कर्मचारी, मकवानपुर जिल्ला शाखाका पदाधिकारीहरु एवं क्षेत्रीय समितिका पदाधिकारीहरु बीचको उचित समन्वयका कारण तालिम केन्द्रको सेवा उपभोग गर्न सहज हुनु ।
· स्रोतकेन्द्र प्रति कर्मचारीहरुको समर्पणभाव, सेवाग्राही प्रति उनीहरुको राम्रो व्यवहार र तालिम केन्द्रमा सुरुवात देखिका कर्मचारी हाल सम्म निरन्तर हुनु ।
अन्त्यमा, आवाशीय तालिम केन्दको्र आठ वर्षको उकाली ओरालीलाई मसिनोसंग समीक्षा गरी विगतका सार्थक प्रयासहरुलाई निरन्तरता दिएर वर्तमानमा संचालन खर्च वढेको अवस्थालाई के कसरी परिपुर्ति गर्न सकिन्छ, त्यसमा ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ । तालिम प्याकेज संचालन, आफ्नै पहलमा कार्यक्रम ल्याउन पहल एवं सुचना केन्द्र आदिलाई नियमित स्रोतको खोजी गरेर रणनीतिक योजनाका साथ अघि वढ्नु पर्ने देखिन्छ । साथै निर्माणाधीन नागरिक स्रोतकेन्द्र भवन पूरा गर्ने दिशामा नया स्रोतको खोजी गर्नु उत्तिकै जरुरी छ ।
लेखक गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रिय सदस्य एंव मध्यमाञ्चल क्षेत्रीय नागरिक स्रोतकेन्द्र भवन निर्माण समितिको संयोजक हुनुहुन्छ ।



Posted in: 






